सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

गजुरेल ज्योतिषका भविष्यवाणी

हाम्रो भाग्य र भविष्य बताउनेहरूलाई नाम, दाम र सम्मान सोहोर्न भ्याइ–नभ्याइ छ । भलै ती भविष्यवेत्ताहरूलाई आफ्ना बारेमा केही थाहा नहोस्, उनीहरू अरूको पूर्वजन्म र पुनर्जन्म पनि बताइदिन सक्छन्, सत्य होस् वा नहोस् ।

Nepal Telecom ad

 height=हाम्रो भाग्य र भविष्य बताउनेहरूलाई नाम, दाम र सम्मान सोहोर्न भ्याइ–नभ्याइ छ । भलै ती भविष्यवेत्ताहरूलाई आफ्ना बारेमा केही थाहा नहोस्, उनीहरू अरूको पूर्वजन्म र पुनर्जन्म पनि बताइदिन सक्छन्, सत्य होस् वा नहोस् । एक–दुईवटा डरलाग्दा भविष्यवाणी गरिदियो । दुई–चार जनाको काल्पनिक भाग्य बतायो । आठ–दस जनाको सम्भावित भविष्य भनि दियो । त्यसपछि हेर्नुहोस्, चर्चा र पैसा कसरी बर्सिंदो रहेछ, जहाँ गरिबी छ त्यहाँ भोटको राजनीति फस्टाउँछ । जहाँ अशिक्षा छ त्यहाँ अन्धविश्वासको दोकान चल्छ । जनतासँग इमोसनल ब्ल्याकमेलिङ गर्न सजिलो हुन्छ ।

हाम्रो भाग्य र भविष्य बताउनेहरूलाई नाम, दाम र सम्मान सोहोर्न भ्याइ–नभ्याइ छ । भलै ती भविष्यवेत्ताहरूलाई आफ्ना बारेमा केही थाहा नहोस्, उनीहरू अरूको पूर्वजन्म र पुनर्जन्म पनि बताइदिन सक्छन्, सत्य होस् वा नहोस् ।

एक–दुईवटा डरलाग्दा भविष्यवाणी गरिदियो । दुई–चार जनाको काल्पनिक भाग्य बतायो । आठ–दस जनाको सम्भावित भविष्य भनि दियो । त्यसपछि हेर्नुहोस्, चर्चा र पैसा कसरी बर्सिंदो रहेछ !

जहाँ गरिबी छ त्यहाँ भोटको राजनीति फस्टाउँछ । जहाँ अशिक्षा छ त्यहाँ अन्धविश्वासको दोकान चल्छ । जनतासँग इमोसनल ब्ल्याकमेलिङ गर्न सजिलो हुन्छ ।

के तपाईं पनि जनताको अबोधपनलाई पैसा कमाउने माध्यम बनाउन चाहनुहुन्छ ? यसका लागि केही मनोवैज्ञानिक पक्ष थाहा पाइरहनुपर्छ । केही सामाजिक एवं आर्थिक परिवेश बुझ्नुपर्छ । अलिकति धार्मिक श्लोक जान्नुपर्छ । थोरै ज्योतिष विज्ञानको भाषा जाने राम्रो, नजाने पनि वाकपटुताचाहिं चाहिन्छ ।

त्यसपछि तलका शूत्रहरू कण्ठ गर्नुहोस् । मान्छेअनुसार भूत, भविष्य र वर्तमान बताइदिनुहोस्, दोकान मज्जाले चल्छ ।

१. तपाईंको परिवारमा कसै न कसैलाई केही न केही बिमारी छ— हो कि होइन ?

२. मनमा कुरा खेलिरहन्छ । विभिन्न प्रकारका विचारको आरोह–अवरोह चलिरहन्छ । मन एकछिन शान्त बस्दैन— हो कि होइन ?

३. कुनै ठूलो काम गर्ने कुरा सोच्नुभएको थियो तर सुरु गर्न सक्नुभएको छैन— हो कि होइन ?

४. श्रीमान् श्रीमतीबीच ठाकठुक परिरहन्छ । कहिले तपाईंका कारणले, कहिले श्रीमतीका कारणले झगडा सुरु हुन्छ— हो कि होइन ?

५. जति राम्रो गर्न खोजे पनि जस पाउनुहुन्न । अगाडि प्रशंसा गर्नेहरू पछाडि पर्नासाथ कुरा काट्न थाल्छन्— हो कि होइन ?

६. पढाइ नराम्रो पनि होइन, राम्रो पनि छैन । शिक्षाको पाटो ठीक–ठीकै मात्र छ । प्रयास गर्दा राम्रो पनि हुन सक्छ— हो कि होइन ?

७. भाउजू भित्र्र्याएपछि परिवारमा अलिअलि किचलो उत्पन्न हुने देखिन्छ, तर बा–आमा हुञ्जेल ठीकै हुने योग छ— हो कि होइन ?

८. प्रेममा खटपट देखिन्छ । यसमा तेस्रो पक्षले षड्यन्त्र रचेको छ । त्यो मान्छे तपाईंले चिनेकै मान्छे हो । तपाईंले नचिने पनि प्रेमिकाले पक्कै चिनेको हुनुपर्छ— हो कि होइन ?

९. सोचेका धेरै कुरा पुग्दैनन् । यही पिरले सताइरहन्छ । कहिलेकाहीं त मरूँ–मरूँजस्तो पनि लाग्छ— हो कि होइन ?

१०. दुईवटा विवाह हुने देखिन्छ । भयो भने सकिइहाल्यो । भएको छैन भने एउटैले ग्रह काटिन्छ— हो कि होइन ?

११. तपाईंका चार जना सन्तान हुनेछन् । एउटा वा दुईवटा खेर जान सक्छ । जति भए पनि बुढ्यौलीमा एक्लै बस्ने योग छ— हो कि होइन ?

१२. छोरो अलि चकचके छ । छोरी मिलनसार छिन् । छोराले भनेको मान्दैन । छोरीले काम सघाउँछिन्— हो कि होइन ?

१३. तपाईंका दुवै सन्तान विदेश जाने योग छ । अहिलेसम्म गैसकेको हुनुपर्छ । नगए पनि ट्राई पक्कै गर्नुभएको छ— हो कि होइन ?

१४. अरूलाई दिएको पैसा फिर्ता हुन एकदमै गाह्रो हुन्छ । तपाईंबाट लगेको सामान धेरैले फिर्ता गर्दैनन्— हो कि होइन ?

१५. तपाईंलाई विगतले झस्काइरहन्छ । भविष्यले तर्साइरहन्छ । मन वर्तमानमा रमाउन मान्दैन । एकदम चञ्चल हुन्छ— हो कि होइन ?

१६. नेपालमा कुनै न कुनै बेला डरलाग्दो भूकम्प जान सक्छ । भूकम्प नगए पनि वर्षामा बाढी र हिउँदमा खडेरीको योग छ— हो कि होइन ?

१७. देशको ग्रहगोचर हेर्दा केपी ओलीपछि प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना छ । प्रचण्ड भएनन् भने अर्को कोही न कोही अवश्य बन्नेछ— हो कि होइन ?

१८. नेपाली कांग्रेसको ग्रहमा अझै चार वर्ष सत्तायोग छैन । त्यसपछि पनि त्यति राम्रो देखिंदैन । यदि राम्रो भयो भने राम्रो गर्न सक्छ— हो कि होइन ?

१९. फागुनको अन्तिमदेखि चैत्र मसान्तसम्म हावा चल्ने, आगलागी हुने, रूखका पात झर्ने तथा रोगव्याधि बढ्ने योग छ— हो कि होइन ?

२०. वैशाखदेखि ठूलै आन्दोलन हुने देखिन्छ । ठूलो भएन भने पनि स–सानो आन्दोलन त पक्कै हुन्छ । त्यो पनि भएन भने केही हुँदैन— हो कि होइन ?

२१. ०७७ सालदेखि ०८० सालभित्रमा राजतन्त्र फर्कने योग छ । फर्किएन भने ०९० सालमा पक्का फर्कन्छ । फर्किएन भने मलाई भन्नु ।

२२. यो वर्ष त्रिभुवन विमानस्थलमा ठूलो हवाईजहाज झर्नेछ । उक्त विमान पेसेन्जर अफलोड गरेर पुन उड्नेछ अनि दोहा एयरपोर्टमा फेरि झर्नेछ । झरेन भने मलाई देश निकाला गर्दिनु, विदेशबाटै कुरा गरौंला ।

साप्ताहिक, माघ १७, २०७५

Fitkauli Publication Books comming soon
Nepal Telecom ad