सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

साहित्य सन्ध्याको ३९७ औँ शृङ्खला

Nepal Telecom ad

 height=साहित्य सन्ध्याको नियमित मासिक ३९७ औँ शृङ्खला असार ७ गते राजधानीमा सम्पन्न भयो । {{read_more}} सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष शृङ्खलाको सञ्चालन उपाध्यक्ष रमेश पोखरेलले गर्नुभएको थियो । गोष्ठीमा वरिष्ठ हास्यव्यङ्ग्यकार एवम् ज्येष्ठ नागरिक सम्मान अभियानका अभियन्ता कृष्णमुरारी गौतम (चट्याङ मास्टर) प्रमुख अतिथि हुनुहुन्थ्यो भने अतिथिहरूमा प्रगतिशील लेखक सङ्घका अध्यक्ष प्रा.डा.जीवेन्द्रदेव गिरी, प्रा.डा.महादेव अवस्थी, युद्धप्रसाद स्मृति प्रतिष्ठानका उपाध्यक्ष डा.फणीन्द्रराज निरौला, जनमत साहित्यिक मासिकका प्रधान सम्पादक मोहन दुवाल, वरिष्ठ कवि एवम् छन्द अभियानका अभियन्ता डा.रामप्रसाद ज्ञवाली, साहित्य सन्ध्याका सल्लाहकार वासुदेव अधिकारी, वरिष्ठ कवि एवम् गजलकार रामबहादुर पहाडी, प्राज्ञ नन्दु उप्रेती उपस्थित हुनुहुन्थ्यो ।

उक्त विशेष समारोहमा हास्यव्यङ्ग्यकार एवम् ज्येष्ठ नागरिकका लागि काम गरिरहेको अन्तर्राष्ट्रिय संस्था Globle Alliance for Rights of Older (GAROP)  का कार्यसमिति सदस्य कृष्णमुरारी गौतम (चट्याङ मास्टर)ले ‘समाजविकासमा ज्येष्ठ नागरिकको योगदान’ विषयमा विशदरूपमा प्रकाश पार्नुहुँदै नेपालमा २००७ सालमा नेपालीको औसत उमेर २७–२८ वर्ष रहेकोमा हाल ७० वर्ष पुगेको छ । मुलुकमा स्वास्थ्यसेवाका क्षेत्रमा भएको विकास र कठिन रोगको पनि शुलभ उपचार हुने गरेको, मेरो शरीर मेरो अधिकार जस्ता नाराको विकास भएको, परिवार नियोजनका साधनको प्रयोगमा व्यापकता आएको आदि कारणले पहिला पहिला बच्चा धेरै र बुढाबुढी कम हुने गरेकामा अहिले बुढाबुढीको सङ्ख्या धेरै हुँदै गएको छ, औसत उमेर बढेको छ । पहिले युवाको शताब्दी भनिन्थ्यो भने अहिले ज्येष्ठ नागरिकको युग भनिन्छ । मानिसको औसत उमेर बढेको छ, बच्चा कम जन्माउन थालिएको छ । भएका सन्तान विदेशमा छन् । यहाँ बुढाबुढी एक्लै भएका छन् । समाजले हेलाँ गर्दछ तर भित्र अन्तरमनमा पीडा भए पनि मानिस बाहिर समाजलाई र आपूmलाई ढाँट्दछ अनि सबै राम्रो छ भन्छ । घरमा सहयोग गरिदिने कोही छैन, यसो बोल्ने पनि कोही हुँदैन र बुढाबुढीमा नैराश्यता आउँछ । 

साहित्यकारले समाजको यथार्थलाई चित्रण गर्नुपर्दछ, ऊ माथि आकाशबाट हेर्छ त्यसैले समाजको यो समस्याको प्रकटीकरण साहित्यमा गर्नुपर्दछ । अहिलेसम्म बालबालिाका, युवाका व्यवसाय चलेका छन् । तर अहिले विश्वको कुल जनसङ्ख्याको ३५% ज्येष्ठ नागरिक छन् त्यसैले अब ज्येष्ठ नागरिक समूह, ज्येष्ठ नागरिक हेरचाह केन्द्र, ज्येष्ठ नागरिक खाध्यान्न स्टोर जस्ता व्यवसायको बढोत्तरी हुँदै जाने छ, हुन्छ । अर्थात् नयाँ व्यवसाय सञ्चालन हुन्छन् । जापानमा यस्ता व्यवसाय चलेका छन्, त्यहाँ ३५% ज्येष्ठ नागरिक छन् । हामीकहाँ पनि यो अवस्था आउँछ किनभने हामीकहाँ ५८ वर्षमा अवकास दिने व्यवस्था छ, उनीहरूले औपचारिक क्षेत्रमा काम गर्नपाउँदैनन् । जनसङ्ख्याको बढी हिस्सा ज्येष्ठ नागरिकको भएकाले राजनीतिमा पनि अब उनीहरू निर्णायक हुन्छन्, सरकारलाई भोटकै लागि भए पनि ज्येष्ठ नागरिक खुसी पार्नुपर्ने अवस्था छ । बालक त कामविहीन छँदै थिए अब ज्येष्ठ नागरिक पनि कामविहीन भएपछि आर्थिक स्थितिमा प्रत्यक्ष प्रभाव पर्दछ । अब एक जनाले सात जनालाई पाल्नुपर्ने अवस्था आउँछ । यो अवस्था हाम्रो देशको मात्र होइन, संसारभरिको हो । यो भयावह अवस्थामा कसरी परिवर्तन ल्याउनसकिन्छ भन्ने खालका अनुसन्धान अहिले संसारभर भइरहेका छन् । 

हाम्रो समाजमा ज्येष्ठ नागरिकप्रतिको दुव्र्यवहार बढेको छ । गत वर्ष मात्रै ४३ जना ज्येष्ठ नागरिक पिटिएका छन्, सामाजिक सुरक्षा कमजोर छ, सरकारले दिइरहेको भत्ता पनि सधैँभरि दिइरहनसक्ने अवस्था छैन किनभने अमेरिका, जापान, साउदी अरेबिया जस्ता मुलुकले दिननसकेर छाडेका छन् । विकसित मुलुकमा एउटा घटनाका पछाडि २३ अदृश्य घटना हुन्छन रे ! तर मानसिक दुव्र्यवहारका घटना चाहिँ सार्वजनिक नै हुँदैनन् । हाम्रो समाजमा ६० वर्षमाथिका महिलाहरूमा पनि यौन दुव्र्यवहार हुने गरेको छ र गत वर्ष मात्रै ५१८ जना ज्येष्ठ महिला यौन दुव्र्यवहारमा परेका छन् तर ६० वर्ष माथि हुनासाथ ज्येष्ठ नागरिक मानिने र प्रहरी प्रशासन अनुसन्धानका लागि पनि पन्छिने परम्परा रहेको छ । गत वर्ष मात्रै ज्येष्ठ नागरिकका ५२३ ओटा लास सडकमा बेवारिस भेटिएका तथ्याङ्क छ । संसारका एक सय देशमा ३०० ओटा ज्येष्ठ नागरिकका समस्यासँग सरोकार राखेर काम गरिरहेका संस्थाबाट छानिएको माथि उल्लेखित अन्तर्राष्ट्रिय संस्थाको एक निर्देशकका हैसियतले संसारको अध्ययन गर्दा हाम्रो देशका नीतिनियम भने राम्रा छन् तर कार्यान्वयनको पक्ष अत्यन्त कमजोर रहेको छ । हामीकहाँ ज्येष्ठ नागरिक भनेका अनुभवका सागर हुन् भन्ने स्वीकार गरेर योजना बनाउने वा देशविकासमा उनीहरूलाई सहभागी बनाउने कार्य गरिँदैन । ज्येष्ठ नागरिक स्वास्थ्य विशेषज्ञ भन्ने हामीकहाँ छँदै छैनन् ! अर्थात् उनीहरू सबैतिरबाट उपेक्षित छन् । ज्ञान र अनुभवका त्यस्ता खानीहरू हिजो जहाँ जान्थे बालकलाई सँगै लैजान्थे तर आजका उनैका सन्तान ती ज्येष्ठ नागरिकलाई लिएर कतै जाँदैनन् ! ज्येष्ठ नागरिकलाई सक्रिय पारेर उनीहरूको सहभागिता नगराएसम्म समाज चल्नसक्तैन, अर्थव्यवस्था सुदृढ हुँदैन । सोझै भन्दा हाम्रो समाजले ज्येष्ठ नागरिक देखेकै छैन ! उनीहरूको योगदान, ज्ञान, सिपको सदुपयोगको प्रयोग नै गरेको छैन । त्यसैले साहित्यकारले यो क्षेत्रमा विशेष सक्रियताका आधारमा सिर्जना गर्ने कार्य गर्नु आवश्यक छ । साहित्य सन्ध्याले यति महत्त्वपूर्ण विषयमा छलफल गर्ने र बहस चलाउने कार्य गरेको र मलाई त्यो अवसर प्रदान गरेकोमा हार्दिक धन्यवाद दिन्छु भन्नुभयो ।     

गोष्ठीमा राम विनयद्वारा लिखित ‘फेरिएको चित्र’ कवितासङ्ग्रहको दोस्रो संस्करणको लोकार्पण प्रा.डा.जीवेन्द्र देव गिरी, प्रा.डा.महादेव अवस्थी, प्रकाशक मोहन दुवाल र चट्याङ मास्टरले संयुक्तरूपमा गर्नुभयो । प्रकाशक मोहन दुवालले जनमत साहित्यिक मासिकले प्रकाशित गरेका कवितासङ्ग्रहमा दोस्रो संस्करण प्रकाशित भएको यही कृति भएकाले कवि राम विनयलाई धन्यवाद दिन्छु भन्नुभयो । 

गोष्ठीमा ज्येष्ठ नागरिक कविहरू मोहन दुवाल, महेशप्रसाद रिजाल, चन्द्रलाल गिरी मुकुन्द न्यौपाने, डम्बर पहाडी, प्रा.डा.जीवेन्द्र देव गिरी, राम विनय, बेनीबहादुर थापा, रामबहादुर पहाडी, उर्मिला पन्त पाण्डेय, चट्याङ मास्टर, लक्ष्मी खड्का र आसाम भारतका प्रकाश उपाध्यायले आआफ्ना कविता, गीत, गजल, एलाक, लघु कथा वाचन गर्नुभयो भने बालकवि वेदान्त पंज्ञानीले आमा शीर्षकको सुन्दर गीत गाउनुभयो । अन्य कविहरू डा.रामप्रसाद ज्ञवाली, तारा गाउँले, जयन्ती स्पन्दन, अनिता लामा, नारायण निरासी, नन्दु उप्रेती, वासुदेव अधिकारी, पदममुनारी बाहिङ, गोपाल नेपाल, केशवराज अर्याल, गीता सापकोटा, डा.गोविन्दप्रसाद आचार्य, गङ्गा कर्माचार्य पौडेल र रमेश पोखरेलले आआफ्ना ज्येष्ठ नागरिकसँग सम्बन्धित र समसामयिक कविता, गीत, गजल, एलाक वाचन गर्नुभएको थियो ।   

वाचित रचनामाथि टिप्पणी गर्नुहुँदै प्रा.डा.महादेव अवस्थीले ‘ज्येष्ठ नागरिकको समाज विकासमा योगदान’ विषय पुरानो तर छलफल नयाँ, सूत्रात्मकता आजको गोष्ठीको विशेषता रह्यो । डा.गोविन्द आचार्यको जरा कविता जस्तै आजको कार्यक्रम नै जरामय भएको छ । जरा मूल पनि ज्येष्ठ पनि, कविता पनि जराका । कवितामा उमेरका जरा, राष्ट्रका जरा अभिव्यक्त भएका छन् । समग्रमा कार्यक्रम अत्यन्त सार्थक भएको छ । साहित्यको सिर्जना समस्याका कारणले हुन्छ । समस्यालाई सम्वेदनामूलक पार्ने शब्द चयन गरी शैली निर्माण गर्नु वा भनौँ समस्या, सम्वेदना र शैलीको त्रिवेणी नै साहित्य हो । साहित्यमा अभिव्यक्ति सुमधुर हुन्छ, हुनुपर्दछ । सुन्दा, वाचन गर्दा र पढ्दा मिठो लाग्ने साहित्य हो । त्यसरी नै सुन्दा सबैभन्दा मिठो लाग्ने वाणी कविता हो । आजको यो विशेष एवम् सार्थक समारोहमा कविताको आस्वादन गर्ने अवसर मिल्यो त्यसका लागि साहित्य सन्ध्यालाई हार्दिक धन्यवाद दिन्छु भन्नुभयो ।  

गोष्ठीका अध्यक्ष राम विनयले स्रष्टाले निराशा लेख्नुहुन्न । आज हामीले ज्येष्ठ नागरिकको ज्ञान, सिप र क्षमताको सदुपयोग गर्नुपर्छ र उनीहरूलाई राज्यले हेलाँ होइन सम्मान गर्नुपर्छ भन्ने मान्यता उजागर गर्नकै लागि अन्तर्राट्रिय स्तरमा काम गरिरहेको संस्थाका कृष्ण्मुरारी गौतम (चट्याङ मास्टर)लाई आग्रह गरेका थियौँ र उहाँले पनि अत्यन्त विस्तृतरूपमा तथ्याङ्कसहित विशद चर्चा गरिदिनुभयो । वाचित रचनामाथि प्रा.डा महादेव अवस्थीले सूत्रात्मक तर सारगर्भित समीक्षा गरिदिनुभयो । हाम्रो आमन्त्रण स्वीकार गरी ज्येष्ठ नागरिक कविहरू आइदिनुभयो र रचना सुनाइदिनुभयो । अन्य कविहरूले पनि ज्येष्ठ नागरिकसँग सम्बन्धित र समसामयिक रचना वाचन गरिदिनुभयो । सबै सबैलाई हार्दिक धन्यवाद दिन्छु र अर्काे शृङ्खलामा हामी फेरि यस्तै समसामयिक विषयमा बहस गर्नेगरी आमन्त्रण गर्ने नै छौँ भन्नुहुँदै गोष्ठीको विसर्जन गर्नुभयो । 
–रमेश पोखरेल
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad