सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सिर्जनाको ‘सुनको पिंजडा’ विमोचन

Nepal Telecom ad

 height=धादिङको साहित्यकार सिर्जना अर्याल अधिकारीको ‘सुनको पिंजडा’ नामक कविता सङ्ग्रह ०७६ असार २१ गते शनिवार विमोचन गरिएको छ । {{read_more}} धादिङको आर.के.गेष्ट हाउसको हलमा जनता पुस्तकालय धादिङले एक कार्यक्रमको आयोजना गरि अर्यालको ‘सुनको पिंजडा’ नामक कविता विमोचन गरेको होे । धादिङमा जन्मिएर कविता र गजलमा कलम चलाउँदै आउनु भएकी अर्यालले यसअघि गजल सङ्ग्रह प्रकाशनमा ल्याउनु भएको थियो । 

कार्यक्रममा अधिकारीद्वारा लिखित ‘सुनको पिंजडा’ नामक कविता संग्रहमा वैदेशिक रोजगारको कारण परिवारमा आइपरेको विचलन तथा नारीको मर्म जस्ता विषय बस्तुहरूमा आधारित रहेर सिर्जना गरिएका कविता सङ्कलित छन् । कार्यक्रममा साहित्यकार सिर्जना अर्याल अधिकारीलाई सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । 

विमोचन समारोहको प्रमुख अतिथि रहनु भएका प्राध्यापक राजेन्द्र सुवेदीले नेपाली भाषाले मात्रै कवितालाई जगेर्ना गरिरहने बताउनु भएको छ । साहित्यकारहरूले कविता लेखन कार्य गर्दा भाषाको प्रचलित शब्दहरूलाई प्रयोग गरि लेखन गर्नुपर्ने बताउनु भयो । साथै लेखन गर्दा विषयवस्तु, लय, भावना नटुटाई कविता लेखन कार्य गर्न सकियो भने खण्डकाव्य बनाउन सकिने बताउनु भयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सुवेदीले साहित्य सिर्जनाको क्षेत्रमा महिलाहरूको संख्या न्यून रहेको बताउनु भयो । 

कार्यक्रममा सिर्जना अर्याल अधिकारीले आफ्नो कविता संग्रह प्रकाशन गर्ने क्रममा सहयोग गर्नुहुने सम्पुर्ण व्यक्तिहरूलाई धन्यावाद दिदै आफ्नो खुशी र संघर्षको बारेमा बताउनु भएको थियो । प्राध्यापक राजेन्द्र सुवेदिको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्राध्यापक रामचन्द्र लम्साल, प्राध्यापक लिलानाथ पौडेल, साहित्यकार नरनाथ लुइँटेल, कोषराज न्यौपाने, होम सुवेदी, रमेश शुभेच्छु लगायतको विशेष आतिथ्य रहेको थियो । 

कार्यक्रममा रमेश शुभेच्छुले विमोचित कृतिको समीक्षा गर्दै सिर्जनाको छन्दशिल्पले उचाइ समातिसकेको बताउनु भयो । कार्यक्रममा डा.नविनबन्धु पहाडी, धादिङ सिर्जना प्रतिष्ठानका अध्यक्ष प्रकाश पौडेल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरू तथा राजधानीबाट जानुभएका साहित्यकारहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो । जनता पुस्तकालय धादिङका अध्यक्ष देवीप्रसाद अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको हो ।
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad