सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

वर्गान्तर ?

Nepal Telecom ad

 height=आउनुहोस् !
हामी सँगै यात्रा गरौँ
म सिट छोडी दिउँला । {{read_more}}

के रे ?
प्रतिष्ठाले दिँदैन रे !
हामी सर्वसाधारण होइन रे !
अभिवादन कमरेड !
जय नेपाल दाइ !
वाँ हजुर त पहिलेदेखि राष्ट्रवादी माया
सामन्तवादको छायाँ ।
तर हजुर आउनहोस् 
एकैछिन सँगै सार्वजनिक यात्रा गरौँ
म सिट छोडी दिउँला ।

हो नि हजुर !
हजुरले त कार किन्नु भो
ठूलाठूला मान्छे चिन्नु भो
ठेकेदारी गर्नु भो
जग्गा दलालमा पर्नु भो
जनप्रतिनिधि बन्दै
ढुङ्गा गिटी बालुवाको चारो छर्नु भो
तर हामी अझै पनि
कोचिएर यात्रा गर्दैछौँ
कोत्रिएका बाटाहरूमा
थोत्रिएका गाडीहरूमा
ज्यान हत्केलामा राखी
जोल्टिङको स्वाद भर्दैछौँ
त्यसैले हजुर !
एकैछिन सार्वजनिक यात्रा गरौँ
म सिट छोडी दिउँला ।

विकाश पनि नभएको होइन
परिवर्तन पनि नआएको होइन
चोकचोकमा स्कूलहरू छन्
सार्वजनिक स्कूलमा रित्ता डेस्कबेन्च पढ्छन्
सार्वजनिक सडकहरूमा
रित्ता सरकारी र निजी गाडीहरू खचाखच गुड्छन्
सार्वजनिक बसहरूमा खुट्टा राख्ने ठाउँ छैन
त्यसैले हजुर
एकैदिन भए पनि सार्वजनिक यात्रा गरौँ
म सिट छोडी दिउँला ।

नब्बे सालदेखि पर्खिएका जुजुमानहरू
हरेक सत्ताले पोसिएका सिंहदरबारका सानहरूबाट
सँधै अपहेलित छन्
तिरस्कारको तिते करेला मर्मर चपाएर
हरेक पल्टको परिवर्तनको आश्वासन पत्याउँछन्
एउटा आउँछ
उसैलाई हुत्याएर सडकमा ल्याउँछ
जङ्गलमा बन्दुक बोकाउँछ

त्यो नेता
उसैको ढाडमा चढेर
सत्ता प्राप्तिको गीत गाउँछ
फेरि अर्को जङ्गल जान्छ
उसैलाई बोका बनाउँछ
यसै गरि प्राप्त सत्ताको हजुर अधिकारी
सुविधा त हजुरकै मारामारी
तर पनि सुविधाको सान छोडेर
एकैछिन सार्वजनिक यात्रा गरौँ
म सिट छोडीदिउँला ।

गौरादह, झापा
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
नयाँ वर्षमा

नयाँ वर्षमा

खगेन्द्र नेउपाने
हे भगवान !

हे भगवान !

खगेन्द्र नेउपाने
जतातिर हरियाे छ त्यतैतिर चर्नुपर्छ

जतातिर हरियाे छ त्यतैतिर...

खगेन्द्र नेउपाने
को हो त्यो ?

को हो त्यो ?

खगेन्द्र नेउपाने
रुख

रुख

खगेन्द्र नेउपाने
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल
यी हातहरू

यी हातहरू

टङ्कबहादुर आले
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला