गुरुपूर्णिमाको शुभ बिहानीमा
पुगेर बिराटनगर बस स्टैण्ड
खोजी खोजी गाडी चालकलाई
रातो टीका, उपहार ट्क्याएर
सयपत्री फूलको माला लाएर
खुवाउँदै थियो युनिकको मिठाई
मैले सोधें यो के गरेको तिमीले ?
भन न ए ! मेरा रामे भाइ ।

रामेले भन्यो–
जसले पुर्याउँछ गन्तव्यमा
राखेर यात्रुसँग सद्भाव
जातीय, वर्गीय, लिंगीय
कतै कुनै नगरी भेदभाव ।
भत्केका सडक छिचोल्दै
सुत्न पाए पनि नपाए पनि
दुख पाएर खतरा मोल्दै
आफू असुरक्षित रहेर पनि
सुरक्षित साथ हामीलाई ।

त्यसैले पूजा त गर्नै पर्यो
हाम्रा गाडी चालकहरूलाई ।

भन्छौँ पनि “गुरुजी” यिनलाई
तब गुरुपूर्णिमाको शुभदिनमा
मैले ठिक्कै त गरेँ, होइन दाइ ?

विराटनगर