भुक्के चप्पलमा सुक्को आम्दामि नहुने पाँच फेलेलाई उसकि श्रीमति खान खान बोलाउँदा–
“ए हल्लुँडे ढिँडो हसुर्न आइज !”

केहि समयपछि ढाँटढुँट गरेर उसले ख्वामितको झोला बोक्ने हैसियत बनाइ केहि कमाउने भएसि–
“ए हब्बेका बाउ रोटी खान आऊ !”

ऊ जिल्ला स्तरको नेता भयो,सदरमुकाममा बस्छ, डोजर मालिक समेत, भयो तब श्रीमति–
“रामुका बाबा भात खान आउने होइन ?”
पाँच बर्षपछि, अब ऊ सभासद, ठेक्कापट्टा उसको हातमा, लोकल योजना उसकै, कमाइ महिनाको ५ लाख माथि, तब श्रीमति–
“हे हजुर भुजा लिन आउनु भए हुन्थ्यो !”

आज ऊ मन्त्री, कमाइको हिसाब छैन, कमसेकम पाँच देशमा बैँक खाता छन्, एसि कार चढ्छ । आजकी उसकी श्रीमति–
“ए ज्यु हजुर भुजा ज्युनार गर्न सवारी होइसिने कि ?”

केदार रिमाल