तुलशी फाँड्यो उसले झार नचिनेर
जलपी गहना किन्यो हार नचिनेर
पानी दर्कियो तर गरेन उसले रोपाई
आज अनिकाल छ असार नचिनेर
कर्द त हो भनी मलाई जिस्काई रह्यो
छिया छिया भयो ऊ धार नचिनेर
खोज्छ ऊ एबोकाडो अरुको बारीमा
बिजोग भो घुर्यानको अनार नचिनेर
कहिले कता दौडिन्छ कहिले कता
भड्किन्छ ऊ जीवनको सार नचिनेर
नबुझ्नु पनि झन गाह्रो कुरा रहेछ
करेण्ट लाग्यो नाङ्गो तार नचिनेर
आफुलाई सुम्पेँ उसको हर खुसिमा
कम्जोरी ठान्यो मेरो प्यार नचिनेर ।
भाेजपुर