सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

चुपलाग बूढा !

Nepal Telecom ad

 height=अठार रुपैयाँको ईंटामा बार रुपैंयाको भ्याट तिरोस् कि
हजार रुपैयाँको कपडा साठी रुपैयाँको भन्दै भन्सार छिरोस् {{read_more}}
तिमीलाई के मतलब बूढा !
चुप लागेर सुत्नु नि !

साठी हजारको टेबल किन्दा
अढाई लाखको बील काट्छन्
दुई इन्चीको ग्राभेललाई 
छ इन्चीको भन्दै ढाँट्छन्
आलु प्याज बन्दाकोपी
बिचौलिया जागेकाछन्
दुई मैनामै चौबल नाफा
जग्गा दलाल लागेका छन्
दुई करोडमा जग्गा किनी दुईलाखको कर तिरोस् कि
घुस दिन नसकेको भैरे काम नबनाई घर फिरोस्
तिमीलाई के मतलब बूढा !
चुप लागेर सुत्नु नि !

ब्यापारीका पञ्जाभित्र 
भ्याट बिलका ठेली बेग्लै
बिकाशको रकम दिन
कर्मचारी झेली बेग्लै
मालपोत भन्सार यातायातमा
घुस चल्छ ओइरो पैरो
होटल बार रेष्टुरेन्टमा
मान्छे किन यति धुइरो ?
बजारको ब्यापारीले सामानको दाम चौबल गरोस् कि
मेनपावर भै मान्छे बेचेर अरबपति बनी लाद्रो भरोस्
तिमीलाई के मतलब बूढा !
चुप लागेर सुत्नु नि !

केन्द्र प्रदेश स्थानीय हुँदै ओइरो पैसा झर्यो
गाउँघरका ठिनेमिने सबैलाई स्वाद पर्यो
पिच गरौं बाटो भन्दा ठाडो कान क्वै लाउँदैनन् नि
अर्को बर्ष फेरि ग्राभेल छुट्याउँन पाउँदैनन् नि
साडी दौरा भ्रमण इन्धन् भन्दै पैसा अन्तै हालुन् कि
अनुत्पादक क्षेत्रमा भएभरको पैसा फालुन्
तिमीलाई के मतलब बूढा !
चुप लागेर सुत्नु नि !

गौरादह, झापा
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
नयाँ वर्षमा

नयाँ वर्षमा

खगेन्द्र नेउपाने
हे भगवान !

हे भगवान !

खगेन्द्र नेउपाने
जतातिर हरियाे छ त्यतैतिर चर्नुपर्छ

जतातिर हरियाे छ त्यतैतिर...

खगेन्द्र नेउपाने
को हो त्यो ?

को हो त्यो ?

खगेन्द्र नेउपाने
रुख

रुख

खगेन्द्र नेउपाने
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल
यी हातहरू

यी हातहरू

टङ्कबहादुर आले
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला