अलिकति प्रशासनिक खर्चबाट चोरेँ
फर्जी योजनाको किताब यताउति कोरेँ
मैले पनि आफन्तलाई देखाईंदिएँ पाईन
सिङ्गापुर पो हिँडेँ हजुर ! मान्न भेलेन्टाइन् ।

जनप्रतिनिधि पनि कस्तो पाक्या केरा
डिपिआर र खरिद बिक्री कमिसनको घेरा
मेयर सा'बलाई लगाकै छु खाली चेकमा साइन
सिङ्गापुर पो हिँडेँ हजुर ! मान्न भेलेन्टाइन् ।

सानतिना फाइल साइल डाँडा कटाइ दिन्छु
निउँ खोज्नेलाई सौरातिर लगि चटाइ दिन्छु
तीस हजारको जागिर मेरो लाखको खाइनपाइन
सिङ्गापुर पो हिँडेँ हजुर ! मान्न भेलेन्टाइन् ।

राजश्व र भन्सार राम्रो भन्थें पैले पैले
पालिकामै मस्ती भा'छ आफूलाई ऐले
नेतातिरै तेर्सिहाल्छ धारे हातको लाइन
सिङ्गापुर पो हिँडेँ हजुर ! मान्न भेलेन्टाइन ।

धेरै बजेट यताउता फाइल लुकाइ दिने
झन्झट दिग्दार जनतालाई सँधै झुकाइ दिने
पाइलै पिच्छे बिछ्याएर अविश्वासको माइन
सिङ्गापुर पो हिँडेँ हजुर ! मान्न भेलेन्टाइन् ।

गाैरादह, झापा