पराईको धेरै चासो लिनु बेकार हो
अरूलाई आफ्नो गुह्य दिनु बेकार हो
त्यही कुरा गिद्धलाई हुन्छ महाभोज
बाघलाई शेरलाई सिनु बेकार हो
भित्री मनमा भरोसा र विश्वास छैन भने
पिरतीमा सुनको औंठी चिनु बेकार हो
आखिरमा ग्राहकले माग्ने चाउमीन मोमो
होटलमा यति लामो "मीनू "बेकार हो
ख़ास लेख्न सके मात्र हुन्छ सार्थकता
सिर्जनाको नाममा बहकिनु बेकार हो !