सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बालकृष्ण समको निवासलाई सङ्ग्रहालय बनाइने !

Nepal Telecom ad

 height=२०७६ माघ २४ गते, काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीसीथत घर (कविकुञ्ज)लाई सरकारले सङ्ग्रहालय बनाउने प्रक्रिया {{read_more}} अगाडि बढाएसँगै मूर्धन्य नाटककार तथा कवि बालकृष्ण समको ज्ञानेश्वरस्थित निवासलाई पनि सङ्ग्रहालय बनाउने चर्चा सुरु भएको छ ।

समको ११८ औँ जन्मजयन्तीको सन्दर्भमा शुक्रबार नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाली शिक्षा परिषद्द्वारा प्रज्ञा भवनमा आयोजित ‘नेपाली काव्यमा बालकृष्ण समको योगदान’ विषयक कार्यक्रममा वक्ताहरूले यस्तो चर्चा गर्नुभएको हो । कार्यक्रममा बोल्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले काठमाडौँको ज्ञानेश्वस्थित समको निवासलाई प्रज्ञा–प्रतिष्ठानले सङ्ग्रहालय बनाउन चाहेको बताउनुभयो । “समका परिवारजनले अनुमति दिएमा प्रज्ञा–प्रतिष्ठान समको घरलाई सङ्ग्रहालय बनाउन तयार छ” उहाँले भन्नुभयो– “यस विषयमा तत्कालै सरकारसँग प्रस्ताव राख्छौँ र समका परिवारजनसँग छलफल चलाउँछौँ ।” उहाँले प्रज्ञा–प्रतिष्ठानमा नेपाली वाङ्मयका क्षेत्रमा विशिष्ट योगदान पु¥याएका मूर्धन्य स्रष्टाहरूको सामूहिक सङ्ग्रहालय बनाउने प्रक्रिया पनि अघि बढाइएको जानकारी दिनुभयो । प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले राणा कुलमा जन्मिएर पनि समले साहित्य सिर्जना, नाटकमा अभिनय र चित्रकलामार्फत् समानता र न्यायको पक्षमा सशक्त आवाज बुलन्द गरेको बताउनुभयो । “नाटक र छन्द कविता मार्फत नेपाली भाषा तथा वाङ्मयको श्रीबृद्धिमा समले विशिष्ट योगदान पु¥याउनु भएको छ” उहाँले भन्नुभयो । प्रज्ञा–प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले सम नाटक र कविता विधामा मात्र नभएर निबन्ध विधामा पनि उत्तिकै अब्बल रहेको बताउनुभयो । उहाँले सम समन्वयवादी चिन्तक, दार्शनिक एवम् वैचारिक स्रष्टा भएको उल्लेख गर्नुभयो । प्रा.डा. देवीप्रसाद सुवेदीले ‘नेपाली काव्यमा बालकृष्ण समको योगदान’ विषयमा बोल्दै समलाई नाट्य सम्राट भनिए पनि उहाँको मुख्य विधा कविता नै भएको बताउनुभयो । उहाँले भन्नुभयो– “समले जीवनको अन्तिम घडीसम्म पनि कविता विधालाई निन्तरता दिनुभएको थियो । उहाँको व्यक्तित्व मूल रूपमा कवि नै हो ।” नेपाली शिक्षा परिषद्की सदस्य सचिव प्राज्ञ रमा शर्माले समको निवासलाई सङ्ग्रहालय बनाउने विषयमा आवश्यक सहयोग गर्न परिषद् तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो– “समजीले मलाई स्नातकोत्तर तहमा पढाउनुभएको थियो । सम बहुप्रतिभाशाली व्यक्तित्व हुनुहुन्थ्यो । राष्ट्रप्रति उहाँको विशिष्ट योगदान छ । उहाँको योगदानको सम्मानका लागि राष्ट्रले आवश्यक कार्य गर्न ढिला गर्नुहुँदैन ।” कार्यक्रम अघि कुलपति, सदस्य सचिव, प्राज्ञ एवम् विशिष्ट स्रष्टा–सर्जकहरूले कमलपोखरी र प्रज्ञा परिसरमा रहेको समको प्रतिमामा माल्र्यापण गरी समप्रति श्रद्धा अर्पण गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण बुद्धि तिमल्सिनाले गर्नुभएको थियो ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad