सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

लुट् कान्छा लुट्

Nepal Telecom ad

 height=

रातारात जुटी दिनादिन कुटी आश्वासनैको बुटि
पैले भोट लुटी समान सुकुटी ताप्के तताई भुटी {{read_more}}
तातो तेल मली बजेट-बगली हाँडी तताएर भुट्
लुट् कान्छा जति सक्दछस् सदनमा बाजा बजाएर लुट्
।१।
गुन्डा तस्करले सधैं जितिरहे अन्यायको खेलमा
जाँदैछन् परिवन्दमा गरिबका आन्द्राहरू जेलमा
कुर्सीमाथि समस्त उच्च तहका गुन्डा सजाएर लुट्
लुट् कान्छा जति सक्दछस् सदनमा बाजा बजाएर लुट्
।२।
फक्रेका मृदु जिन्दगी कति सुके त्यो द्वन्दको घाममा
हाँस्दो कोख रुवाउँदै कति पसे छोराहरू खाममा
घुम्टो भित्र लुकेर लुट् अलिअली कैले लजाएर लुट्
लुट् कान्छा जति सक्दछस् सदनमा बाजा बजाएर लुट्
।३।
द्यौता आज लिलाममा चढिसके किन्नेहरू धाउँछन्
बोली उच्च लगाउँदै डलरका झोली लिई आउँछन्
सारा धर्म किचेर लुट् सदनको भत्ता पचाएर लुट्
लुट् कान्छा जति सक्दछस् सदनमा बाजा बजाएर लुट्
।४।
जाँदा ठोस र फर्किँदा तरल जो छन् राहदानी भिजी
बस्छिन् खै कति दर्दनाक पलमा बम्बै पुगेकी दिदी
चेली लुट् घरवार लुट् दस दिशा आफ्ना बचाएर लुट्
लुट् कान्छा जति सक्दछस् सदनमा बाजा बजाएर लुट्
।५।
लाग्यो सत्य तितो भने मुखमुखै जिब्रो लुकाई बसेस्
झल्क्यो लाज कतै भने वदनमा थोरै खरानी घसेस्
पार्टी होइन देशको कलमले यी दृश्य हेर्दै थियो
लेखेको जति सत्य हो समय हो जे देखियो लेखियो
।६।

पञ्चेश्वर-६, बिजुल, बैतडी

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
अर्बहारा

अर्बहारा

हिरा भट्ट
प्रेमपत्र

प्रेमपत्र

हिरा भट्ट
गिलासमा देश

गिलासमा देश

हिरा भट्ट
गणतन्त्रचरी

गणतन्त्रचरी

हिरा भट्ट
जुठो हाड खाऊ

जुठो हाड खाऊ

रमेश खकुरेल
हाम्रा बा

हाम्रा बा

गाेपेन्द्रप्रसाद रिजाल
अलार्म घडीले

अलार्म घडीले

रमेशचन्द्र घिमिरे
धरोधर्म गर्छु (१९)

धरोधर्म गर्छु (१९)

डिल्लीप्रसाद मूलतिहुन
कसरी निदाऊँ ?

कसरी निदाऊँ ?

घनश्याम रेग्मी