साहित्य सरोवरको १८ औँ कार्यक्रम
काठमाडौं, १० फागुन । चन्द्रागिरि साहित्य सरोवरको १८ औँ कार्यक्रम प्राध्यापक तथा प्राज्ञ केशव सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । {{read_more}}
कार्यक्रममा १७ जना कविहरूले कविता र १ जना गीतकारले गीत प्रस्तुत गर्नुभयो । कविता वाचन गर्ने बालबालिकाहरूमा सलिना थापा, सारा माली र युनिक तिमिल्सिना हुनुहुन्थ्यो । पाका कविहरूमा क्रमशः उत्तम थापा, बद्रि थापा, माधवप्रसाद भुषाल, निल रेग्मी, सुरेन्द्र काफ्ले, अर्जुन खड्का, प्रा. घनश्याम भण्डारी, हरिनारायण सुवेदी, शुभद्रा महत, तुलसिराम भण्डारी, हरिशरण आचार्य र गोपीचन्द्र कार्की हुनुहुन्थ्यो ।
कवि कृष्णहरि कार्कीले डायस्पोरा कविता संग्रहबाट २ वटा कविता बाचन गर्नु भएको थियो । जनगायक रामकृष्ण दुवालका प्रतिभावान छोरा उदीयमान गायक आशिष दुवालले स्व. युद्धप्रसाद मिश्रको चर्चित गीत ‘रक्त क्रान्ति’ गाउनु भएको थियो ।
मुनाल क्लवमा संचालित कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ केशव सुवेदीले बाचित कविताहरूको समीक्षा गर्नु भएको थियो । राष्ट्रिय गीतबाट सुरु भएको कार्यक्रमको सभापति संयोजक गोपीचन्द्र र कार्यक्रमको संचालन हरिशरण आचार्यले गर्नु भएको थियो । आजको कार्यक्रमको लागि चिया खाजाको व्यवस्था कवि अर्जुन खड्काले जिम्मा लिनु भएको थियो । कार्यक्रममा राधेश्याम कार्की, ज्ञानेन्द्र लुइटेल तथा बिनोद मालीले खटेर कार्यक्रम सुव्यवस्थित गरिदिनु भएको थियो ।