सुरभिको १२ औँ साधारण सभा
२०७७ श्रावण १७ गते शनिबार । सुरभि साहित्य प्रतिष्ठानले आफ्नो १२ औँ साधारण सभा र ११५ औँ आख्यानवाचन कार्यक्रम सम्पन्न गरेको छ । {{read_more}} २०७६ फागुन १७ गते शनिबार ११४ औँ कार्यक्रमपश्चात् कोरोना भाइरस (कोभिड १९)ले विश्व नै आक्रान्त पारेपछि चैत ११ गतेदेखि देश पूणर्रुपले लकडाउनमा थियो । श्रावण ७ गतेदेखि लकडाउन समाप्त भएको हुनाले यी कार्यक्रमहरु भने सुरक्षाका उपायहरुको पूणर् पालना गरी यही महिनाको १७ गते शनिबार सम्पन्न गरिएको हो । ११ बजेदेखि साधारण सभा र १ बजेदेखि आख्यान वाचन कार्यक्रम भएको थियो ।
साधारण सभाको सभापतित्व सुरभि साहित्य प्रतिष्ठानका संरक्षक युवराज मैनालीले ग्रहण गर्नुभएको थियो भने प्रमुख आतिथ्य गोकणर्ेश्वर नगरपालिका वडा नं. ८ का अध्यक्ष मनोज ढुङ्गानाले ग्रहण गर्नुभएको थियो । अन्य अतिथिहरुमा सुलेख मासिकका संरक्षक विजय चालिसे, सुरभिका संरक्षक गोविन्द घिमिरे वेदमणि, सुरभिका संरक्षक प्रह्लाद चालिसे, वरिष्ठ साहित्यका कणाद महर्षि, गोनपा वडा नं. ८ का वडा सदस्य नन्दलाल श्रेष्ठ साहित्यकार गोपाल बराल, वरिष्ठ साहित्यकार भगतदाश श्रेष्ठ र कानुनी सल्लाहकार मुना उपाध्याय खनाल हुनुहुन्थ्यो । यस साधारण सभाको कार्यक्रममा सुरभिका उपाध्यक्ष परशुराम पराशरले स्वागत गर्नुभएको थियो ।
अध्यक्षको प्रतिवेदन बाजुराम पौडेलले र कोषाध्यक्षको प्रतिवेदन रामकुमार पण्डितले प्रस्तुत गर्नु भएको थियो । यस साधारण सभाले अध्यक्षमा बाजुराम पौडेल, उपाध्यक्षमा परशुराम पराशर, सचिवमा अच्युत घिमिरे, कोषाध्यक्षमा रामकुमार पण्डित, सहसचिवमा मेनका पोखरेल आचार्य, सदस्यमा नगेन्द्र भट्टराई र प्रमोद प्याकुरेल निर्वाचित हुनुभयो । नयाँ कार्यसमिति निर्वाचनका लागि उद्धव रायमाझीलाई अधिकृत र लक्ष्मी श्रेष्ठलाई सहायक नियुक्त गरिएको थियो । कार्यक्रमपश्चात् बसेको कार्यसमितिको बैठकले शान्ति रिसाल र महेशकुमार वाग्लेलाई सदस्यमा मनोनित गरेको थियो ।
दोस्रो सत्रको कार्यक्रम ११५ औँ आख्यान वाचन कार्यक्रम भएको थियो । यस कार्यक्रममा सभाध्यक्ष बाजुराम पौडेल हुनुहुन्थ्यो भने प्रमुख अतिथि वरिष्ठ गजलकार रामबहादुर पहाडी हुनुहुन्थ्यो । अन्य अतिथिहरुमा सुरभिका संरक्षकहरु विजय चालिसे, वेदमणि घिमिरे, युवराज मैनाली र प्रह्लाद चालिसे तथा सल्लाहकार माधव खनाल, साहित्यकार कणाद महर्षि, गोपाल बराल र वसन्त रिजाल रहनुभएको थियो । यस कार्यक्रममा नौ जनाले दसओटा आख्यान वाचन गर्नुभएको थियो । वाचित रचनाहरुको समीक्षा परशुराम पराशरले गर्नुभएको थियो । आख्यान वाचन गर्नेहरुमा महेन्द्र चालिसे, महेशकुमार वाग्ले, गोपाल बराल, कात्यायन, रामचन्द्र दाहाल, शान्ति रिसाल, घनश्याम प्रसाईं, शारदा पराजुली र कणाद महर्षि हुनुहुन्थ्यो । दुवै कार्यक्रमको सञ्चालन सचिव अच्युत घिमिरेले गर्नुभएको थियो ।