आहा ! कस्तो सुनबुट्टे सपनाले सुुसज्जित सुन्दर सूचना ! फित्कौली सुन्दरी प्रतियोगिता हुने रे ! फित्कौलीको खित्कौली खिताब अरूलाई खिस्रिक्क पार्दै आप्mनै खोकिलामा च्यापी खुर भ’को खराउ खटखट गर्दै खचाखच भरिएको मञ्चमा खडा हुने खुला आँखाले खस्यौलीको खर बारीमा खयरको फेदमा बसी खट्टे खादै देखेको खुर्साने खर्दारकी खनातिनीको जन्मजात ख्वाब बल्ल भने पूरा हुने भो बा ! आहा ! सम्झिदै पनि रत्नपार्कको रमितेको रसदार रातो पिरो ल्यासेपाएँले सरर रसाको जस्तै मुखै पो रसाएर आयो ।

अ‍ैलेसम्म त अरूको अगाडि आफ्नोे चतु¥याइँ चरितार्थ गर्ने चान्स नपार हो नि ! नत्र पहिल्यै ताज जितेर केके जाति पो भै सक्थें म ! सप्पैजना मेरो ब्युटीको बखान गर्छन् । मेरा नयन ‘लुकिङ लन्डन टर्निङ टोकियो’ छन् रे ! राम्रा नभए त्यत्राबिघ्न राम्रा र सबैले मन पराउने कन्ट्रीसँग कम्पिएर हुन्थ्यो त ? तपैँको हुन्छ ? झन नाकको त के कुरा ? संसारभर सुनाम फैलेका स्वामी रामदेवको अत्यन्त प्रिय लौकासँग ठ्याक्कै मिल्छ भन्या ! नराम्रो भए हरेक स्पिचाँ पचासौंचोटि प्रशंसा गरेर आफ्नोे मोह देखाउथे र ! त्यति महान् त्यागी स्वामीजीले ! बडीको त झन् कुरै गरेर साध्य छैन । अनिकाल लाग्या बेलाँ जन्म्या जस्तो खानै नपाउने फुकीढल हँु र ? बाउले कमाका छन् आपूm त टन्न खाइन्छ, मोज गरिन्छ । आफ्नोे बाउको कमाई खाँदा अरूको टाउको किन टनटन टन्किनु ? अरूको बाउको खा छैन क्यार ! हाइटको पनि पीर छैन, कम्प्लान, हर्लिक्स आदि खाएपछि त तुरुन्तै हलहल्ती हाइट हल्की हाल्छ क्यार ! नभए हाइहिल त छँदै छ । पैला फियरनेस स्किन र कलरको चिन्ता थियो तर अ‍ैले त्यो पनि छैन । जय होस् ! फिप्टिन डेजमै चन्द्रमाजस्तो गोरो र उज्यालो चन्द्रमुखी बनाउने चमत्कारी जादूको छडीभन्दा पनि पावरफुल क्रिम निर्माताको, जस्ले मेरो सारै ठूलो प्रब्लम सल्भ गरिदिए । अङ्ग्रेजीको पनि ‘नो टेन्सन’ बर्खामा जताततै उम्रिएका मसरुमजस्तै बोडिङ्क स्कुलको कृपाले फरर अङ्ग्रेजी बोल्न जानिहाल्या छु । सुन्नेले नबुझे नबुभूmन्, यो उनीहरूको प्रब्लम हो । मेरो काम बोल्ने हो, बुभ्mने काम त सुन्नेको पो हो, बोल्नेको हो र ? एजको बारेमा त झन् के कुरा गर्नु खै ! सुइट सिक्सटिनमा बे्रक लागेको लागेकै छ भन्या ! जति कोसिस गरे पनि देशको विकासजस्तै अगाडि बढ्दै बढ्दैन र सगरमाथाझैं अडिग रहन्छ भने यस्मा बिचरी मेरो के दोष ? झन् मेरो ट्यालेन्ट देखेर त सबै छक्क प¥या छन् । थोरै हो र भन्या एउटै कक्षामा बर्सौं वर्षसम्म पढ्या छु । मैले धेरै जानुँला भन्ने पीरले आहारिसे प्रिन्सिपलले ‘भयो बाबा तिमीलाई अब पढ्न पुग्यो । सबै तिमीले नै पढेर सक्यौ भने अरूले के पढ्ने ? तिमी जाऊ मेरी आमा ।’ भनेर दुबै हात जोडेर माफी माग्दै जबरजस्ती पठाएर पो त नत्र अझै कति पढिन्थ्यो, पढिन्थ्यो नि ! आइरन गेटतिरको बाटो चैं जाँदै गइएन । गोल्डेन गेटबाट छिर्ने मान्छेले त्यो जाबो फलामे ढोकाबाट के छिर्नु भनेर नग’को नि !
था छ ? क्याट वाकमा त म पर्फेक्ट छु नि ! कसैले मलाई सिकाउनै पर्दैन । कति पटक ड्याडमम् ब्रोसिस् आदिको सिक्रेट क्याट वाक गरेरै सुटुक्क सुइको पाई आफ्नोे गोजी भरेको छु । महङ्कीको पनि सारै ख्याल छ मलाई ! त्यसैले लुगामा असाध्यै किफायती छु ! अनावश्यक खर्च गर्नु हुन्न क्या !
आफ्नोे बयान आफैं कति गरूँ ? कसैमा मसँग सिङ्कौरी खेल्ने हिम्मत छ भने ल है कम्पिटिसनमा भाग लिन आउनू । जित त सत्रै आना मेरै हुन्छ, हुन्छ । किनभने जज्जीलाई जसवीरे जैसीको जर्सी गाईको जमेको नौनी दलिदली आप्mनैपट्टि पार्ने जडी र प्रतिद्वन्दीलाई छिर्के लगाएर कसरी जित्ने भन्ने गोप्य नलेजको पूर्ण ज्ञान छ मलाई ! छ कसैमा बर्गर, चाउचाउ आदि खाएको पावर भने आए हुन्छ नभए पछुताए हुन्छ ।
लौ है, म त तयारीमा लागेँ । नभएका नमिलेका कुरालाई ब्युटी पार्लर, फिटनेस सेन्टर, हस्पिटल धाएर ड्याड्को ढुसी परेको क्यासको सदुपयोग गरी घटाएर, बढाएर, मिलाएर ठीकठाक पार्नु प¥यो । अनि जज् महोदयका कमी कमजोरी आदिको पनि ब्रम्हज्ञान प्राप्त गर्नु प¥यो नि ! फित्कौलीको खित्कौली सुन्दरी प्रतियोगिता जितेर ताज लगाउनलाई हैन त ?
आज म गर्छु बयान आफ्नोे सुन्नुहोस् राम्ररी
सुनेर गुनी भन्नुहोस् छ क्वै मजस्ती सुन्दरी
अडिग मेरो उमेर तै नि भएँ म सोरकी
सोच्दछु सधैं कसरी गुत्थ्ने सुन्दरी पगरी ?

‘झिँगापुर’ हास्यव्यङ्ग्य सङ्य्रहबाट
(२०६४ माघ÷फागुनको फित्कौलीमा प्रकाशित)