सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सर्वनाम थिएटरमा हास्यव्यङ्ग्य सभा

Nepal Telecom ad

राजधानीमा ०७० फागुन १७ गते सिस्नुपानी नेपाल, आरम्भ र सर्वनाम नाट्य समूहको सयुक्त आयोजनामा हाव्य सभा (हास्यव्यङ्ग्य कविता वाचन) कार्यक्रम सम्पन्न भयो ।
झमझम झरी परिरहे पनि हास्यव्यङ्ग्य स्रष्टाहरूले समसामयिक विकृतिमाथि सशक्त प्रहार गरिएका सिर्जना प्रस्तुत गरिरहे । सर्वनाम थिएटर कालिकास्थानको प्रेक्षालयमा हास्यव्यङ्ग्य सिर्जना सुन्न टिकट काटेर स्रोताहरू जुटेका थिए ।
हाव्यसभा नाम दिइएका कार्यक्रमलाई पूर्णतः हास्यशैलीमा सञ्चालन गरिएको थियो ।
कार्यक्रममा सिर्जना वाचनको निम्ति आमन्त्रण गरिएका स्रष्टाहरूको प्रत्यक्ष मतदानद्वारा हास्यव्यङ्ग्यकार नरेन्द्रराज पौडेललाई हाव्यसभाको सभामुख बनाइएको थियो । सभामुखद्वारा हास्यव्यङ्ग्य कविता वाचन गरी आरम्भ भएको सभामा हास्यव्यङ्ग्य स्रष्टाहरू नरनाथ लुइँटेल, प्रेम ओली, जयन्ता पोखरेल, पुण्य आचार्य, विजयध्वज थापा र प्रबेश पौडेलले हास्यव्यङ्ग्य सिर्जना प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत गरिएका सिर्जनामा वर्तमान नेपालको विसङ्गत राजनीतिमाथि सशक्त प्रहार गरिएको थियो । निर्वाचन, सरकार, सरकार गठनमा भएका खिचातानी, नबनेको संविधान, सभासदहरू, शैक्षिक विसङ्गति, लुटतन्त्र आदिलाई मूख्य विषय बनाएर गरिएको व्यङ्ग्य प्रहारलाई स्रोताहरूले निकै रूचाएका थिए ।
कार्यक्रमको प्रभावकारितालाई ध्यान दिएर आयोजक संस्थाहरूले सर्वनाम थिएटरमा यस प्रकारको कार्यक्रमलाई नियमितता दिने बताएका छन् । प्रतिकुल मौसम हुँदाहुँदै पनि कार्यक्रममा दर्शकको राम्रो उपस्थिति रहेको थियो भने मनोरञ्जक शैलीमा कार्यक्रको सञ्चालन सरोज घिमिरेले गर्नुभएको थियो ।
–सुलसुले

Fitkauli Publication Books comming soon
Nepal Telecom ad