सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

एजिङ नेपाललाई रु. दश लाखको सहयोग

Nepal Telecom ad

काठमाडौं/१८ फागुन । नेपालका जेष्ठ नागरिकहरूको हकहित र संरक्षण कार्यमा क्रियाशील संस्था एजिङ नेपाललाई पाटनका ज्येष्ठ नागरिक बिहारीकृष्ण श्रेष्ठले आफ्नो बुढा जंकोको उपलक्षमा रु. १० लाख रकम प्रदान गर्नु भएको छ । एजिङ नेपालका संस्थापक अध्यक्ष कृष्णमुरारी गौतमलाई उक्त रकमको चेक हस्तान्तरण गरियो । यस रकमबाट स्थापित ‘बि के यस ज्येस्ठ नागरिक सशक्तिकरण अक्षय कोष’मा अन्य इच्छुकलाई समेत योगदान गर्न आह्वान गरिएको छ ।
लामो समय सरकारी सेवामा रही निवृत्त हुनुभएका ७७ बर्षीय श्री श्रेष्ठले परम्परागत रुपमा जंको मनाउँदा लाग्ने खर्च बचाएर नेपालका ज्येष्ठ नागरिकको हकहितका काममा लगाउने निर्णय गर्नुभएको हो । नजिकका आफन्त र साथीहरूको सानो भेलाबीच रकम हस्तान्तरण गर्दै उहाँले यस्तो बताउनु भएको हो । आफ्नी दिदीको हातबाट टिका, माला र टोपी ग्रहण गरेर आफ्नो जंको सम्पन्न गर्नुभएको उक्त समरोहको संचालन उहाँकी धर्मपत्नी डा. हिरामनः प्रधानले गर्नु भएको थियो ।
एजिङ नेपाल र बिहारीकृष्ण श्रेष्ठले संयुक्त रुपमा सञ्चालन गर्ने उक्त कोष ज्येष्ठ नागारिक सम्बन्धी विषयमा अध्ययन, अध्यापन, जनचेतना अभिबृद्धि, सरकारी निकायसँगको सहकार्यमा नीति तथा कार्यक्रम तर्जुमा, ज्येष्ठ नागरिक समूह गठन, र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्जालको निर्माण जस्ता काममा लगाइने कुरा एजिङ नेपालका संस्थापक अध्यक्ष कृष्णमुरारी गौतमले त्यस समारोह बीच बताउनु भयो ।
चेक हस्तान्तरण गर्दै जेष्ठ नागरिक बिहारीकृष्ण श्रेष्ठले नेपालका जेष्ठ नागरिकको हकहित संरक्षणमा एजिङ नेपालले गर्दै आएको कार्यलाई निरन्तरता र बढावा दिन कोषको स्थापना गरिएको पनि बताउनुभयो ।
उक्त कार्यक्रममा उपस्थित उहाँका आफन्त र साथीभाइ मध्ये वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी, पूर्व राजदूत भेषबहादुर थापा, वरिष्ठ सञ्चारकर्मी भैरव रिसाल लगायत देशका मूर्धन्य व्यक्तिहरूको उपस्थिति थियो । उपस्थित सबैले श्री श्रेष्ठलाई जंकोको बधाई दिनुका साथै यस्तो ऐतिहसिक सद्कार्य गरेकोमा बधाई ज्ञापन गर्नुभएको थियो ।

–सुलसुले

Fitkauli Publication Books comming soon
Nepal Telecom ad