बुझिसाध्य छैन
शितल दिन्छ धुपी र सल्लाले
देश चलाउँछन् कुखुराका चल्लाले
बोइलर कुख्रा घ्यू ख्वाइ पाल्नु छ
आफ्नो लुगा नौ ठाउँमा टाल्नु छ ।
मैले मात्रैज्यान कति रटनी
पिस्ने आफू अर्कैलाई चटनी
गाईले खाने बाघले खायो घाँस
रोप्ने आफू हाल्दछ अर्के गाँस ।
घरमा हाल्ने सालको दलिन
लग्यो साहुले मुख मेरो मलिन
नियतिले बङ्लङ्गै पछा¥यो
सुनाउँ म क–कसलाई व्यथा यो ।
झ¥यो पाती त्यो रूख टाँकी छ
दौरा फाट्यो तुना चैँ बाँकी छ
त्यै तुनामा पिङ खेल्छ छोराले
उसको पेन्सिल लग्दियो चोरले ।
नेता आए छेउमा रोए
अलि पर पुगेसी मुख धोए
आँत गल्यो ज्यु सुक्यो सरङ्गै
सम्झी रुन्छु जीन भो भरङ्गै ।
फुल्पिङकोट, सिन्धुपाल्चोक