सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अरुणको हाइड्रो आफ्नै घरमा

Nepal Telecom ad

शहरमा अचेल गोरु, ब्याउन थाले छन्,
नेताजीले घरमा भोटे, कुकुर पाले छन् ।

कुकर्मको डरले होला, थकाई धेरै भयो,
कसैसँग विश्वास हुन्न, बाहिर पाले छन् ।

बालै छैन गरिब बस्ती, जितेर गएपछि,
भत्ता खान भनेर माओ, काङ्ग्रेस माले छन् ।

मिठा मिठा गुलिया नारा, दिएर लोभ्याउने,
लुटी खान देशमा थरिथरिका काले छन् ।

झिलिमिली चौकुना बत्ती, दिनमै लगाएर,
अरुणको हाईड्रो आफ्नै, घरमा बाले छन् ।
………

नोट :
जनावर पाल्नुको– पाले ।
सुरक्षा दिने व्यक्ति– पाले ।
हाईड्रो– जल विद्युत परियोजना लामो हुने भएकाले अङ्ग्रेजी शब्द है ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
करार गर्छन्

करार गर्छन्

हृषीकेश बराल
सालो लिएर जाऔँ

सालो लिएर जाऔँ

चिरञ्जीवी दाहाल
खेल्छन् होली

खेल्छन् होली

काशीनाथ मिश्रित
भेट मिठो भयो तर छोटो भयो

भेट मिठो भयो तर...

एम्.पी. कियरलेस
रुन थाल्यो !

रुन थाल्यो !

युवराज भण्डारी
ठूलो माछा पहेंलै भाछ सुन निलेर होला

ठूलो माछा पहेंलै भाछ...

मरुभूमि नारायण