सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अभिनवको तेह्रौँ वार्षिकोत्सव सम्पन्न

Nepal Telecom ad

अभिनव साहित्य समाजको तेह्रौँ वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । समारोहमा दश हजार नगद सहितको वेदमणि घिमिरे अभिनव गजल पुरस्कारबाट गजलकार श्री राजेशकृष्ण मानन्धरलाई पुरस्कृत गरिएको छ ।
समारोहमा संस्थापक पूर्वपदाधिकारीहरू मध्येबाट श्री कोमल लामिछाने र उद्धव रायमाझीलाई सम्मान गरिएको छ भने दाताहरूको तर्फबाट केब्स एकेडेमी, बौद्ध, बज्र इन्टरनेसनल कलेज जोरपाटी, सेन्टेनियल र इस्ट पोल उच्च मा.वि. जोरपाटी, केही व्यापारी र उद्योगपतिहरूलाई अभिनवले प्रशंसापत्र प्रदान गरेको छ ।
वार्षिकोत्सवका अवसरमा आया्जित कविगोष्ठी अन्तर्गत भुवन थापा, उर्मिला कोइराला, डिल्ली दाहाल, भाग्याशाली, अधिकारी, श्रीधर पौडेल, राजुराज स्वयं, रामचन्द्र, उर्मिला पन्त लगायत ३४ जना स्रष्टाहरूले कविता वाचनमा भाग लिएका थिए ।
एस.पी.आशाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा श्रीधर, आशीष र मधुसूदन घिमिरेले नाटिका पेश गरेका थिए । ३४ जना स्रष्टामध्ये उत्कृष्ट पाँचजनालाई पुरस्कृत गरिएको थियो । कार्यक्रमको समीक्षा परशुराम पराजुलीले गर्नुभएको थियो । कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष वेदमणि घिमिरेले गर्नुभएको थियो ।
– सुलसुले

Fitkauli Publication Books comming soon
Nepal Telecom ad