सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मेरा साथी

Nepal Telecom ad

भन्दी हौली, ‘म नहुँदा यसका साथी को पो छन् र !’
रक्सी, चुरोट, खैनी, सूर्ति मेरा साथी हुँदैनन् र !

हावा, पानी, घाम, जून, सबैसबै झर्को लाग्छ
तिमी मेरी नभा’कीले संसार नै अर्को लाग्छ
जे हेरे नि, जे छोए नि, जे खाए नि, जे गरे नि
यो मन सधैं पोलिरहन्छ, ठान्छु सधैं ‘म मरें नि !’

भन्दी हौली, ‘म नहुँदा यसका साथी को पो छन् र !’
एकान्तका आँसु यिनै मेरा साथी हुँदैनन् र !

धेरै हिंडे यो बाटोमा, धेरै फर्के यो बाटोमा
तिमी गयौ फर्किइनौ, कोही छैनन् त्यो साटोमा
कति कष्ट सहनु मैले अधमरो भईभई
कहिलेसम्म बाँच्नुु मैले चोटैचोट सहीसही ।

भन्दी हौली, ‘म नहुँदा यसका साथी को पो छन् र !’
तिम्रो याद, तिम्रै याद मेरा साथी हुँदैनन् र !

खोटाङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
हाम्रा उहाँहरू !

हाम्रा उहाँहरू !

इन्द्रकुमार श्रेष्ठ
हारेका नेताप्रति

हारेका नेताप्रति

इन्द्रकुमार श्रेष्ठ
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला
तरबार धुँदै छु म !

तरबार धुँदै छु म...

डा. रामप्रसाद ज्ञवाली
मुस्किल छ

मुस्किल छ

बिन्दु दहाल ‘मूकदर्शक’