सारै हेरचाह गरेर पुस्तौँपुस्तादेखि हामीकहाँ कुकुर पाल्ने चलन छ । बहुलाएन भने कुकुरले फाइदै पनि गर्छ । बहुलायो भने त त्योभन्दा खतरनाक अरु जातै हुन्न । हामी कहाँ पालिएको त्यो कुकुर पनि बौलायो । दुर्भाग्यवश त्यसलाई मार्नै पर्ने अवस्था भयो । के गर्नु मलाई त मार्ने मन थिएन । विचरो हुन पनि विश्वमै भिन्नखालको थियो । यहाँ पालिएका त्यसका सबै वंश अरु मरेर हो, नत्र त्यो वंश नाशै गरेर संसारबाटै लोप हुने स्थितिमा पु¥याउनु हुँदैनथ्यो । के गर्ने अब खिचिएका तस्विरमा मात्र रहने भो मोरो !
हुन पनि बिछट्टै राम्रो क्या ! अरूभन्दा निकै भिन्न । त्यसको त पुच्छर पनि टाउकोमै पलाएको । टाउकोमा पलाए पनि बाङ्गो भने अरु सामान्य कुकुरको सरहनै थियो । टाउकोमा पुच्छर भएकाले नै अनौठो भयो त्यो । सयौँ वर्षसम्म पनि त्यो बाङ्गै रह्यो । भएभरको मासु उसैलाई चाहिँने । भएन भनेर अरु कुकुरलाई त हाड चुस्न पनि नदिने, अरू भोटे कुकुरहरू मिलेर भुकेपछि हाडसम्म चुस्न दिएको थियो, हाड मात्रै चुसेर त को अघाउँछ र मासु पनि चाहियो भनेर फेरि भुस्याहा कुकुरसमेत मिलेर भुके ।
कुकुरको पुच्छर सधैँ बाङ्गो देख्छु म । बाह्र वर्ष ढुङ्ग्रामा राखेर सोझ्याउने प्रयास पनि गरिएकै हो तर सोझिएन । टाउकोमा पुच्छर भएको त्यो अनौठो कुकुरको पुच्छर त अब भाँचियो तर यी भुस्याहा र भोटेकुकुरको पुच्छर कहिले सोझिने हो । हाड, मासु, छाला सबै लतारे पनि अझै भकुरिन छोड्दैन बा ! हैन अब त तपाइँ हामी मिलेर प्रत्येकका पुच्छरमा एक एक ओटा ढुङ्ग्रा घुसारिदिनु प¥यो क्या ! नत्र पुच्छर बाङ्गै रहने भो सधैँ ।
बम्घा, गुल्मी