एक

मनको बिरामी आँफै हुन्छ मान्छे
न त अरुले भनेको सुन्छ मान्छे
आफैं रेटिन्छ केही गर्दा पनि हुन्न
स्नेही मायामा फुर्केर रुन्छ मान्छे ।

दुई

हरेक समय चोटका खातहरू खपेर जान्छ
साँझ बिहान प्रेमको घनत्व जपेर जान्छ
छातीभरि दुख्छु र आँखा खस्छ अधेरीमा
यो रात पनि सधैं किन पीर थपेर जान्छ ।