सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जय साम्यवाद !

Nepal Telecom ad

नीति वामपन्थी
रिती दामपन्थी
जनता जोगी
नेता सुबिधाभोगी
नाम साम्यवाद
काम धनधान्यबाद
जय साम्यवाद ।

जनता हिँड्छन्
चप्पल ठोकी
नेता हेपिकप्टर बोकी
क्रान्ति गर्ने भनेको
यस्तै यस्तै हो कि
बिचार साम्यवाद
व्यवहार सामन्तवाद
जय साम्यवाद ।

कुरा हाँक्ने ठुला–ठुला
समाउने धनका पुला
जे जे भने त्यै त्यै मान्ने
हामी कस्ता मुला
घोडा खच्चर मुर्दावाद
पजेरो प्राडो जिन्दावाद
जय साम्यवाद ।

कन्फ्युजनका कुरा गरी
फ्युजन गर्ने बानी
अड्काउने हलो
पड्काउने गोरु
सत्ता छानी छानी
कला प्रगतिशील
शैली दुर्गतिशील
भन्ने साम्यवाद
मान्ने दाम्यवाद
जय साम्यवाद ।

कार्यकर्ताहरू उठे भने
जसरी हुन्छ थामथुम पार्ने
बिद्रोह गर्न जुटे भने
कसरी हुन्छ सामसुम पार्ने
हो कि साम्यवाद
पार्टी फुटिरहने
छैन थाम्यवाद
जय साम्यवाद ।

दाङ, हाल : काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
हेल्लो नयाँ वर्ष

हेल्लो नयाँ वर्ष

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे
स्याल र चल्ला

स्याल र चल्ला

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे