एक वर्षभन्दा पनि बढी भैसक्यो मेरो जिभ्राको टुप्पोबाट ¥याल चुहिन थालेको । म र मेरा सबै बन्धु–बान्धवलाई एउटा कथा भन्नुभएको थियो बाजेले पोहोरसाल । “हेर ! नाति, नातिना हो ! आउँदो जेठसम्म हाम्रो देशमा आजसम्म नफलेको फल फल्नेछ, त्यो फल साह्रै स्वादिलो हुनेछ । टर्रो, अमिलो, गुलियो, पिरो, नूनिलो सबै स्वादले युक्त हुनेछ । त्यसको रङ पनि सबै रङ मिसाए जस्तो हुनेछ । नानी हो ! त्यो आकाशमा फल्ने छ ।”
“वा ! वा ! उसो भए त त्यो फल सबैले टिप्न पाउँछन् होला हैन त बाजे ?” मेरो प्रश्नको जवाफ बाजेले यसरी दिएका थिए– “हो, नातिले ठीक भन्यौ । त्यो फल झापाकाले झटारो हानेर झार्न पनि सकून्, बैतडीकाले बुरूक्क उफ्रेर टिपी खान पनि पाऊन् । जनै लगाउनेदेखि जाँड खाने सबैको अधिकार होस् भनेर त्यसको विरूवा रोप्न लागेको छु ।”
त्यस्तो विचित्रको फल पाक्ने आशामा पोहोरदेखि ¥याल काडेको हुँ मैले । यसो आकाशतिर हेर्छु तर अझै देखेको छैन । बाजेलाई नाम सोध्द्धा भनेका थिए– “बीचमा ‘धान’ छ क्यारे । अब अघि र पछि चाहिँे के राख्ने हुन् कुन्नि राख्नै बाँकी छ । ‘सभा’मा पनि बसेर खान हुने हुनाले पछाडि ‘सभा’ राख्नै पर्छ भनेका छन् बाबु ! थाहा पाइहाल्छौ नि !
बम्घा, गुल्मी