केही गरे पनि ठीक छैन
केही गरे पनि ठीक छैन मान्छेलाई
जिउँदै मरे पनि ठीक छैन मान्छेलाई
खुट्टा तान्छन् यहाँ हिँड्यो कि मान्छेले
अघि सरे पनि ठीक छैन मान्छेलाई
जति टाढा उति प्रेमाभाव हुँदो हो
नजिक परे पनि ठीक छैन मान्छेलाई
घाम झैं ज्योति छर्दा ठीक रै’छ कि बरू !
भुइँमै झरे पनि ठीक छैन मान्छेलाई
भलाइ गर्ने कहाँ जमाना रह्यो र ?
हिरा छरे पनि ठीक छैन मान्छेलाई ।
काठमाडौं