सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सहिदका सपनाहरू

Nepal Telecom ad

महानगरीय फोहोरको थुप्रोबाट निस्किएको
टाउको फुटाउने दुर्गन्ध हो या
गाडीभित्रको मासुको थुप्रोबाट निस्किएको
सडकै मगमगाउने अत्तरको गन्ध हो
छुट्याउन नपाउदै ––
एउटा चिल्लो मर्सिडिजले
तपाईलाई हिलो छ्याप्तै
बेतोडसग दौडियो भने
सम्झनुहोस्–
सहीदको एउटा सपना
सिंहदरबारतिर साकार हुन दौडिएको हुनुपर्छ ।

थुप्रै मान्छेका लाशहरूको भरयाङ् चढेर
कोही एकाएक गद्दीमा पुग्यो
र दाह्रा–नङ्ग्राहरू उमारेर
धमाधम
तिनै लाशहरूलाई चिथोर्न थाल्यो भने
तिनै लाशहरूलाई निचोर्न थाल्यो भने
अन्यथा अर्थ लगाएर शङ्का नगर्नुहोस्
उसले साकार पार्न
चिथोरेर– निचोरेर
सहिदका सपनाहरू खोजेको हुनुपर्छ ।

कुनै खबटे नेताको गर्धनको घेरा
अधिकतम साइजसम्मको भइसकेको भए––
कुनै पट्पटी फुटेका गोब्रे खुट्टाले
रातारात
कार्पेट बाहेक अन्त टेक्न छाडिसकेको भए
महान् क्रान्तिकारी नेताकी पत्नीले
दुईचार नोकर चाकर पालिसकेकी भए
ढोकामा उभ्भिएर पालेले
नेतालाई स्यालूट हान्न थालिसकेको भए
निसंकोच सम्झनुहोस्
प्रजातन्त्रले निश्चित आकार लिइसकेको हुनुपर्छ
सहिदका सपनाहरू साकार भइसकेको हुनुपर्छ ।

कतै सार्वजनिक स्थलहरूमा
महान् प्रजातन्त्रवादी नेताका नातिहरूले
तिखा तिखा चक्कु चम्काइरहेका भए
महान् कम्युनिष्ट नेताका छोरीहरूले
टेलिभिजन वा नाइटक्लबहरूमा
नाइटोमा मुन्द्रो टल्काइरहेका भए
ढुक्क हुनुहोस्,
पटकपटक अब हामीले
एक मिनेट मौन धारण गर्नै परेन
सहिदको आत्माले चीर शान्ति पाइसकेको हुनुपर्छ ।

पॉचतारे होटलमा
विकासका लहरहरू ल्याइसकेर
केही सुकिला राम्रा
ठूलो साइजका भुडीहरूले
थुप्रै बोत्तल र प्लेटहरू सिध्याइसकेको भए
कुनै बोत्तल र प्लेटमा
एउटै थोपो र चोक्टो पनि बॉकी नरहेको भए––
तपाई ढुक्क भएर सुत्नुभए हुन्छ
सहिदको एक थोपो रगत पनि खेर गएको छैन
सहिदको एउटै सपना पनि अधूरो भएको छैन ।

तपाई त ढुक्क हुनुभयो, राम्रो भयो
हुनुसम्म विस्मात त मलाई पो लागिरहेछ
अहिले सहिदका सारा सपनाहरू
यसरी धमाधम साकार भएको देख्ता
लागिरहेछ– उसबेलै गोली लागेर
किन भुतुक्कै भइएनछ ह ?

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
यो घर हो

यो घर हो

लक्ष्मण गाम्नागे
भूमिका भूमिका जस्तो एक शुभकामना मन्तव्य

भूमिका भूमिका जस्तो एक...

लक्ष्मण गाम्नागे
उल्काउल्काका शुल्कहरू

उल्काउल्काका शुल्कहरू

लक्ष्मण गाम्नागे
भूमिकाको भुमरी

भूमिकाको भुमरी

लक्ष्मण गाम्नागे
राष्ट्रिय ए’कता ?

राष्ट्रिय ए’कता ?

लक्ष्मण गाम्नागे