सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

राष्ट्रघाती चुन्यौ फेरि

Nepal Telecom ad

बाटो काटी हिँड्न थाल्यौ तिनकै कुरा सुन्यौ फेरि
टुप्पो चढाई फेद हान्ने अन्तर्घाती चुन्यौ फेरि

क्ुरै खाने कुरै लाउने गालपारा चिन्दाचिन्दै
सम्बन्धमा भाँजो हाल्ने खुराफाती चुन्यौ फेरि ।

सिद्धान्तका डिङ् हाँक्ने बुख्याँचालाई बुझ्दा बुझ्दै,
सत्ता पाउँदा सती जाने आत्मघाती चुन्यौ फेरि ।

रामनामीको फेटा गुथी जेथा लुट्ने जान्दा जान्दै
चमत्कारको बुटी बेच्ने जनघाती चुन्यौ फेरि ।

अस्मिताको बेपार गर्ने कारोबारी भन्दा भन्दै,
घरआँगनकै बैना बुझ्ने राष्ट्रघाती चुन्यौ फेरि ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
करार गर्छन्

करार गर्छन्

हृषीकेश बराल
सालो लिएर जाऔँ

सालो लिएर जाऔँ

चिरञ्जीवी दाहाल
खेल्छन् होली

खेल्छन् होली

काशीनाथ मिश्रित
भेट मिठो भयो तर छोटो भयो

भेट मिठो भयो तर...

एम्.पी. कियरलेस
रुन थाल्यो !

रुन थाल्यो !

युवराज भण्डारी
ठूलो माछा पहेंलै भाछ सुन निलेर होला

ठूलो माछा पहेंलै भाछ...

मरुभूमि नारायण