सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

दृष्टि र सृष्टि !

Nepal Telecom ad

काठमाडौंको अपरिचित हुलमा
पुराना परिचित भेटिए
तर बिचरा निकै दुखी देखिए !
मलाई चिया नास्ता ख्वाएर
सार्वजनिक पसलमा
गोप्य रुपमा रुन थाले !
‘आचार्य सर ! मा ठूलो कष्टमा छु !
आफ्नै आङ् कन्याएर
आफ्नो छारो उडाउँदैछु !’
मैले सहानुभूति देखाएँ
के भयो र त्यस्तो ?
भन्दै उनको घाउमा मलम लाएँ !
उनले भो, मेरो त जहानै डुब्यो !
रुनु न हाँस्नु भा’छ !
धेरैले भन्छन्
मेरी बूढीको त हाकिमसँग लपसप भा’छ !
मैले धैर्य राख्नु भने
उनको दुःखमा दुखी भई
चियाको पैसा स्वयं गर्ने !
केही महिना पछि
पुनः ती परिचित भेटिए
भयंकर प्रसन्न मुद्रामा देखिए !
घुमाउरो पारामा सोधेँ
तउार्इँको घरेलु समस्या सल्टियो ?
उनले हाँस्दै भने
‘मेरो दृष्टि पल्टियो
समस्या त्यत्तिकै सल्टियो
मैले आफ्नी बूढीलाई
हाकिमकै बूढी ठानेँ
आफूलाई चैँ बूढीको नाठो मानेँ
महिनामा दुइ चार दिन
म कहाँ पनि आएर बस्छिन्
त्यस छोटो सहवासलाई
अफिसले दिएको बोनस ठानेँ !
आफैँलाई संझएँ
यो हाकिमकै बूढी हो !
मेरी बुढी हुँदै हैन !
अचेल त हाकिम
मलाई निकै मान्दछन्
मेरी बूढीलाई द्रौपदी
आफूलाई युधिष्ठिर
र मलाई अर्जुन ठान्दछन् !’

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
छाया हाकिम

छाया हाकिम

मुकुन्द आचार्य
घुमिफिरी रुम्जाटार

घुमिफिरी रुम्जाटार

मुकुन्द आचार्य
‘तँ अब बुढो भइस्’ पढेपछि

‘तँ अब बुढो भइस्’...

मुकुन्द आचार्य
सजिलो छैन नेता हुन

सजिलो छैन नेता हुन

मुकुन्द आचार्य
म नै म !!

म नै म !!

कलानिधि दाहाल
मजाले हिँड (२)

मजाले हिँड (२)

कृष्णप्रसाद गाैतम
लाटो सिँगार्छन् अझै

लाटो सिँगार्छन् अझै

बिन्दु दहाल ‘मूकदर्शक’
नेता पो म त

नेता पो म त

शिव सस्मित
मुला

मुला

वासुदेव ठकुरी