सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

उपहार

Nepal Telecom ad

फोनमा धेरैपटक कुरा भएको हो त्यो मनसँग । च्याटिङको त कुनै लेखाजोखा नै भएन । आजको दिन विशेष थियो । आज हामी प्रत्यक्ष भेट गर्दै थियौं । म सोच्दै थिएँ पहिलो भेट कमसेकम यादगार होस् । तर के उपहार दिने होला ? घडी भन्दा उत्तम अरु केही होला जस्तो लागेन । मनले खामेको एउटा घडी किनेँ बजारमा गएर । प्याक गर्न लगाएँ र बाहिर स्टिकरमा लेखे सप्रेम उपहार ।

मन आतुर थियो । पैतालाहरू सगबगाइरहेका थिए । उनको फोन आयो… भेट हुने समय र ठाउँ त थाहा छ नि है… अनि ए साँच्चि मेरो लागि एउटा राम्रो घडी उपहार ल्याउन नबिर्सनु ल…??

मलाई यति धेरै मायाँ गर्छु भन्नेले मेरो एउटा सानो फर्माइस पूरा गर्छ कि गर्दैन होला ? कत्तिको दिल खोलेर खर्च गर्ला त मायाँ गर्छु भन्नेको लागि ?? शायद म उनको नजरमा जोखिदै थिएँ !? त्यो आग्रहको आशय योभन्दा बढी अरु केहि बुझ्न सकिन मैले ।

यस्तै यस्तै सोच्दै गर्दा समय हर्किएको थाहै भएन । मनको उत्कट उत्साह मरिसकेको थियो । अघि भर्खरसम्म जुर्मुराएका पाइलाहरू शिथिल भइसकेका थिए । फोनको घण्टी बज्यो… उनैको थियो । बजिरह्यो … । मेरो हातमा रहेको उपहारलाई हेरेँ जसले उपहार हुनुको हैसियत गुमाइसकेको थियो ।

धुमबाराही, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad