सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

तीन थान लिमरिक– १

Nepal Telecom ad

१.
म हाँसेको छैन साथी म रोएको पनि छैन
भर्खरै उठेको छु मुख धोएको पनि छैन
महलको राजा वन छिरेपछि
नेताहरूले जनता पिरेपछि
मट्टितेल नपाएर अन्न छोएको पनि छैन ।

२.
कार्यालयको बहुला कुकुर विषले वेसुर भयो
ऊ सबै कर्मचारीहरूको धूरधूर भयो
यता गयो उसले लखेट्छ
उता गयो उसले लखेट्छ
हाकिमले के सोच्यो कुन्नि रिसले चुरचुर भयो ।

३.
त्यो पारि वनमा कसैले आगो लगाई दिएछ
यौटा बटुवा आगो निभाउ भन्दै चिच्याई दिएछ
वनपालेहरू मजा भो भन्दै थे
उनीहरू आ–आफ्नो भाग गन्दै थे
त्यो कराउने मान्छे त वहुलाहा पो रहेछ ।

‘नरिसाउनू है !’ (लिमरिक–सङ्ग्रह) २०७० बाट

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
बेलाको बोली- ७८

बेलाको बोली- ७८

डा. ऋषि बस्ताकाेटी
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

निशा केसी
तीन ठोक्तक

तीन ठोक्तक

रुद्र ज्ञवाली
बेलाको बोली – ७७

बेलाको बोली – ७७

डा. ऋषि बस्ताकाेटी
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल