सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

धर्मसङ्कटमा मेरो जुँगा

Nepal Telecom ad

आज त गुड फ्राइडे । मन सारै चौ चौ भो बिहानदेखि । कहिले पारिलो घाममा त कहिले करबिरको शितल छहारीमा बसेर मनमैयासँग भलासुकालि गर्ने जो प्रोग्रम छ आज ।

…म सैलुनसम्म पुगेर आउँछु …जुँगादाह्री पनि बनाएर आउँछु । …अनि दुध पनि लिएर आउँछु । मेरो कुरा भैमा खस्न नपाउँदै घरमैयाले भनिन्– अस्तिको जस्तो जफाचट बनाएर आउने होइन नि फेरि….। त्यस्तो मुडुलो थुतुनो देख्न पर्यो भने त तातो पानी खन्याइदिन्छु म टुपीबाट ।

ए रात्तै…!!!! अर्कोपटक आउँदा त्यो झुसे जुँगा लिएर आउने होइन नि… । मैले पिङ खेल्न नपरोस् त्यसमा फेरि …भन्ने उर्दि छ उता मनमैँयाको । खै के खै के । म त साह्रै असमञ्जसमा परेँ ।
घरमैँयाले फाल्न नदिने !
मनमैँयाले पाल्न नदिने !!

उसै पनि म मध्यमार्गी बिचारको मानिस परेँ । कसैलाई चिढाउन नसक्ने । कसैको चित्त दुखाउन मन नलाग्ने । यसो भन्दाभन्दै पनि कति गाह्रो हुँदो रहेछ नि कहिलेकाहीँ त सन्तुलन मिलाउन । दुवैको चित्त दुखाउनु थिएन मलाई । के गर्ने होला त अब ?? यसो गमेँ एकछिन … आफैले मतदान गरेको पार्टीको नीति सम्झेँ, अनि त्यही नीत अनुसार आफनो जुँगाको स्वरुप यस्तो बनाएँ…–

सफाचट हो ? भन्दा हैन हैन जस्तो
जुँगा छ त ? भन्दा छैन छैन जस्तो !!

काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad