सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पप्पी सेम सेम

Nepal Telecom ad

हाम्रा नेता अङ्कलको कति ठूलो भुँडी
भुँडी देखी वाक्क भा’छिन् उनकै घरकी बूढी ।

सुराल–साडी फेरे जस्तै अङ्कल गाडी फेर्छन्
केही भन्नु हुन्न यिनी आँखा तरी हेर्छन् ।

अघि अघि ढोके छाते पछि लाउँछन् चम्चा
जन्ताले नै दिनुपर्ने सिँगान पुछ्ने गम्छा ।

काम गर्ने बेलामा चाहिँ जहिल्यै खटपट
हाम गर्ने बेलामा चाहिँ मिल्छन् झटपट ।

तलव, भत्ता, कमिसन र घुस पनि खाए
संविधान ल्याउँछु भन्थे अर्की आन्टी ल्याए ।

हाम्रा नेता अङ्कलको प्वाल परेको पेट
गोबर, गिट्टी, अलकत्रा, पचाइदिन्छ जेट ।

भूत हुन् कि भूतपूर्व हुन् छुट्याउनै गाह्रो
नाङ्गै छन् कि लुगा ला’छन्, खुट्याउनै साह्रो ।

लुगा लाएर आउनू अङ्कल खेलौँ फेयर गेम्
नत्र भन्छु सेम् अङकल पप्पी पप्पी सेम् ।

सेम् सेम् नेता अङ्कल पप्पी पप्पी सेम्
सेम् सेम् पप्पी अङ्कल पप्पी पप्पी सेम् ।

सिनामङ्गल, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
यो घर हो

यो घर हो

लक्ष्मण गाम्नागे
भूमिका भूमिका जस्तो एक शुभकामना मन्तव्य

भूमिका भूमिका जस्तो एक...

लक्ष्मण गाम्नागे
उल्काउल्काका शुल्कहरू

उल्काउल्काका शुल्कहरू

लक्ष्मण गाम्नागे
भूमिकाको भुमरी

भूमिकाको भुमरी

लक्ष्मण गाम्नागे
राष्ट्रिय ए’कता ?

राष्ट्रिय ए’कता ?

लक्ष्मण गाम्नागे