सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

घरबेटी बा

Nepal Telecom ad

होचो होचो, भँुडी ह्वात्त बाहिर निस्केको, तिघ्रा सुकेको, कपाल फुलेको, तालु खुइलिएको मान्छेको बारेमा कसैले जान्न चाह्यो भने सबैले अड्कल काटिहाल्छन्, त्यो मान्छे हाम्रो घरबेटी बा भनेर । उनको हुलिया बताएपछि यो टोलका मान्छेले नचिन्ने भन्ने कुरै हुँदैन । हुन त घरबेटी बाको राजनीति, समाज सेवा, साहित्यकार, शिक्षाबिद, मानव अधिकारबादी, सहकारीकर्मी लगायतको धेरै हिसाबको परिचय छ टोलमा । तर पनि उनको जीबिकोपार्जनको मूलस्रोत घरभाडा भएकोले उनलाई भाडाजीवी भन्दा फरक नपर्ला । पहिला पहिला यो टोलका धेरै जनाको मूल पेशा कृषि थियो । अहिले धेरैको बाँच्ने मूलस्रोत भाडा नै भएकोले भाडाजीबी भनिएको हो । कहिलेकाहिँ यो पेशामा पनि सङ्कट नपर्ने चाहिँ होइन । यस कर्मको अप्ठ्यारो बेग्लै खालको हँुदो रहेछ ।

गज्जब गज्जबका स्वभावका मान्छेहरूसँग सङ्गत गर्नु पर्ने हुन्छ यस क्षेत्रमा कहिलेकाहीँ । कोही घरबेटीभन्दा पनि एक तह माथिका हुन्छन् बहालमा बस्नेहरू । कसले कति वाटको बिजुलीको चिम बाल्यो भन्नेदेखि कति वाटको हिटर बालेर भात पकायो ? कति चोटी अनिकालको पानीको धारा खुलै छोडेर दाँत माझ्यो ? कति घरमा आफन्त बोलाएर नुहाउने लुगा धुने काम गरायो सम्मका कुरा बुझेर घरबेटीलाई कुरा लगाउने र घरबाट निकाल्न लगाउने । यी सबै हर्कत र चर्तिकला संझदा त कहिलेकाहीँ त यो काम पनि गर्दै नगरौँ जस्तो लाग्छ ।

कोही कोही त महाका हराम हुन्छन् । कहिलेकाहीँ घुमघाम गर्न सँगै गइयो भने रेस्टुरेण्टमा पसेर मनलाग्दो खाने कुरा मगाउने, बिल तिर्ने बेलामा खुसुक्क ट्वाइलेटभित्र छिरेर घरबेटीले बिल भुक्तानी नगरुञ्जेल बाहिर नै ननिस्कने । कोही कोही चाहिँ भाडा भुक्तानी गर्नु पर्यो कि भुत्तुक्क हुने । घरभाडा माग्दा माग्दा टेलिफोन र मोटर साइकलको पेट्रोलको बिल भाडाको भन्दा बढी हुने खालका । उहाँ भने समयमा घर भाडा तिर्न चाहिँ पैसा नहुने तर घरमा दिनदिनै भोज भत्तेर गर्नु पर्ने ! आफू २ रुपैयाँको कमाइ नगर्ने तर कुनै चाडबाड आयो कि लामो भन्दा लामो किनमेलको सूची तयार गरेर श्रीमतीको हातमा थमाउने । बिचरी श्रीमतीले माष्टरी गरेर ल्याएको कमाइले रजाई गर्नु पर्ने ! त्यस्ता महोदयलाई चाहिँ सानो उपलब्धि हँुदा पनि साथीभाइलाई भोज गर्नु पर्ने, सानो दुःख पर्दा पनि त्यसलाई बिर्सन भनेर जाँड रक्सीको भोज भत्तेर गराउनु पर्ने ! हुन त उसले उसकै श्रीमतीको कमाइ उडाएको हो ।

घरभेटीलाई के को टाउको दुःखाई ? तर पनि महिना महिना दिनसम्म रातदिन खटेर भात भान्साको कोतेधन्धा समेत भ्याइकन, दिउसो श्रीमतीले घाँटी सुकुञ्जेल भुराभरीलाई पढाएर कमाएको ज्याला एकै रातमा स्वाहा पार्दा कसको चित्त नदुःख्ला र ? म त भन्छु ति माष्टर्नी नानीले धन्न घर धानेकी छिन् । घरका भुराभुरीको स्याहारसंभार गर्नु पर्ने, घरको भाडा, तिहुन, तमाखु, चामलको जोहो गर्नु पर्ने, केटाकेटीेको फी, कापि कलमको अतिरिक्त विद्यालयले पठाउने स्वीमिड, बनभोज, स्वास्थ्य जाँचको खर्चको बिलले बिचरीको ढाडै भाँच्छ । तैपनि ती माष्टर्नी नानीले धन्न घर चलाएकी छिन् बा ! लोग्नेलाई खुशी पार्न दिउसो बिध्यालयमा खाजा नखाएरै भए पनि लोग्नेलाई सघाएकी छिन् ।

कोही कोहीको नियति अचम्मको हँुदो रहेछ । मेसिन जसरी खट्दा पनि लोग्नेको प्रताडना खप्नै पर्ने । म जस्तो भए त त्यस्तो विवेकहीन लोग्नेलाई उहिल्यै छाडेर जोगिनी भएर हिँडिसक्थेँ हुँला । हुन त मान्छेको जातै त्यस्तो हो । ऊ जहाँ पनि जसरी पनि वातावरणमा मिलेर बस्न सक्छ । त्यसैले त मानवशास्त्री समाज शास्त्रीहरूले भनेका होलान् (म्यान इज द सर्भाइबल द फिटेस्ट) भनेर । तर पनि यस्ता अधम मान्छेसंँग मिलेर बस्न सक्नु कम चानचुने कुरो होइन । अर्का एकजनाको परिवार अझ नमुनाको छ । दुई जना बुढाबुढी मात्र बस्छन् ७० बर्ष उमेर क।टी सकेका । बुढा मुटुका रोगी छन् । बेला बेलामा उच्च रक्तचापले हैरान पर्छन् । उनलाई चिकित्सकले अमिलो पिरो चिल्लो नखानू, कामको नाममा ५ के.जी.भन्दा गह्रौँ बस्तु उचाल्दै नउचाल्नू, असजिलो महसुस हुनासाथ तुरुन्त नजिकको चिकित्सालय वा चिकित्सक कहाँ गई जँचाई हाल्नु भनेका छन् रे । तर श्रीमती चाहिँ महाकी विवेकहीन् छिन् । उनलाई त्यस्तो धराप लोग्नेको स्वास्थ्यसँग भन्दा आफ्नो जिद्दीसँग गहिरो दोस्ती छ । घरमा बस्ने सबै भाडावाललाई जमेको ट्याङ्कीको पानी पिउनु हुन्छ । उनलाई भने धाराबाट खस्ता खस्तैको पानी गाग्राका गाग्रा भान्सामा हुनु पर्दछ । त्यस्तो कठ्याङ्ग्रिदो जाडोमा तिनै ५ किलोको भारी उचाल्न नहुने बिरामी लोग्नेले ५ तला माथि ओसार्नु पर्छ । उनीलाई भनें चर्को हाच्छ्युँ आउनु हुँदैन । त्यही लोग्नेले रात रात भर कुरेर जाग्राम बस्नु पर्छ । लोग्नेलाई भने उच्च रक्तचापको कारण भान्सामै ढले पनि स्वाङ पारेको अत्तो लगाइन्छ । भात भान्साको त कुरै छोडौँ उनको हातबाट एक कप चियासम्म बनेको हामीलाई थाहा छैन । तर लोभ चाहिँ असाध्यै गर्नु पर्ने । कसैले यसो दाँत कोट्यायो कि उनलाई त्यही कुरो नभै नहुने । त्यो लोग्नेले जहाँबाट भए पनि तुरुन्त ल्याई दिनै पर्ने । उहाँ भने चिकित्सकले खसि बङ्गुरको मासु छुँदा पनि नछुनु भनेको छरे भन्छिन् । तर उनैलाई बिबाह, ब्रतबन्धमा ती पदार्थ नभए त भोज, भोज जस्तै लाग्दैन रे । मुखले त छुन्न भन्छिन् तर मौका मिल्नासाथ ल्पास्टिकको थैलोमा हालेर पटुकामा घुसारी हाल्छिन् । आऽऽऽऽ यी थाङ्ने गन्थनहरू छोडिदिऊँ । आफूलाई भाडासित पो सरोकार छ त । अरुको आनिबानी, पेशा व्यवसायसँग के को सरोकार ?

खाली आफूलाई घरबेटी बा असल हुनुहुन्छ भनिदिए पुग्छ । समयमा भाडा तिरेपछि जेसुकै गरुन् ?चाहे त्यो आफ्नो घर पसलमा लोकल ठर्रा रक्सीको व्यापार गरोस् कि ? मसाज केन्द्रको साइनबोर्ड राखेर अरु नै थोकको ब्यापार गरोस् । बरु त्यस्तै काम गर्नेहरूले अरुले भन्दा बढी भाडा पनि तिर्छन् । समयमा पनि तिर्छन्, अझ मौका मिले छ महिना बर्र्षदिनको अग्रिम नै तिर्छन् । मलाई मैले गर्दा समाजमा कस्तो असर पर्छ ! के सरोकार ? विकृति बेथितिको राशमा एक मुठी थप्दा र झिक्दा के फरक पर्ला र ? भाडामा बस्नेकै कारणले गर्दा टोल छिमेकमा झगडा परिरहे पनि, आफैंलाई दारुपानी पिउनेले दैला करेसामा झाङल झुङल पारे पनि के मतलव ? भाडाजीबीलाई त खाली भाडा कै मात्र सरोकार हुन्छ । “भाङ पेल धतुरो पेल लेऊ मेरी माई तिन पाथी तेल” भने झैं प्रशस्त भाडा उठे पुग्दछ भाडाजीवीलाई । बरु करार सरार नगरिकन दिन पाए झन मज्जा । कि कसो ?
जोरपाटी, मणिगाल

 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
कालिदासकाे ‘क’

कालिदासकाे ‘क’

गोपाल बराल