दुई खोक्तक
१.
भुइँमा भइञ्जेल आकाशलाई छुन थाल्छन्
आकाश छोएपछि नचिन्ने हुन थाल्छन्
जब मान्छेले आफ्नै विगत बिर्सन्छन् नि !
अनि आफ्नै भविष्य सम्झेर रून थाल्छन् ।
२.
गर्नु पर्ने जति थियो गरेँ, ढाँट्दै नढाँटीकन
खानु पर्ने सकिदियौ तिमीले नै, बाँकी नराखीकन
छि–छि दूर–दूर गर्न कसैलाई सोध्नुपथ्र्यो र कहाँ ?
माया पो हो पाईंदै नपाइने त, माग्दै नमागीकन ।