सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

विधान बनाउन किन अलमल…

Nepal Telecom ad

विधान बनाउन किन अलमल भइ रहेछ
सत्ता लुछाचुँडीमा खलबल भइ रहेछ ।

कानुन सबै यहाँ छन् लागु हुँदैन एउटै
न्यायरूपी यो नाउ ढलपल भइ रहेछ ।

छोरा विदेसिँदै छन् आमाको माया मारी
शान्ति हरायो देशमा हलचल भइ रहेछ ।

लागेर घरमा आगो थुप्री सक्यो खरानी
दमकल मगाउन भरखर छलफल भइ रहेछ ।

न खान्छ घाँस उसले न घुस खायो कहिले
आँखामा आँसु कविको टलपल भइ रहेछ ।
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई
भ्रष्टाचार हुन्छ

भ्रष्टाचार हुन्छ

कान्छा तिवारी
मर्नु छ

मर्नु छ

एम्.पी. कियरलेस