सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

तपाईं पनि आज भोलि कविता लेख्नुहुन्छ अरे !

Nepal Telecom ad

तपाईं पनि आज भोलि कविता लेख्नुहुन्छ अरे
निराशाको बिगुल फुक्नुहुन्छ अरे
आक्रोशको मादल ठोक्नुहुन्छ अरे
तपाईंको कलमले त क्रान्ति बोलाउँछ रे
शान्ति भगाउँछ रे
तपार्इं पनि आज भोलि कविता लेख्नुहुन्छ अरे !

तपाईं जत्तिकोले कलम चलाई सकेपछि
सूर्य पनि अलि बढी चम्किलो नदेखिए के मजा ?
तपाईं जत्तिकोले कलम चलाई सकेपछि
समुद्र पनि अलि बढी नफैलिए के मजा ?
तपाईं जत्तिकोले कलम चलाई सकेपछि
हिमाल पनि अलिकति न उचालिए के मजा ?
तपाईं पनि आज भोलि कविता लेख्नुहुन्छ अरे !

निराशा र आक्रोश फैलाउन कवि नै किन चाहिन्छ र ?
अत्याउन र लत्याउन कविता नै किन चाहिन्छ र ?
मलाई अलिकति उत्साह लेखि दिनुहोस् न कविजी
मलाई अलिकति आशा थपि दिनुहोस् न कविजी
मलाई रुवाउन मेरो परिस्थिति पर्याप्त छ
मलाई अलिकति हाँसो लेखि दिनुहोस् न कविजी
तपाई पनि आज भोलि कविता लेख्नुहुन्छ अरे !

खुबै लेख्नुहुन्छ अरे देशको पिर ब्यथा
त्यसमा आफ्नो कर्तव्यको कुरा पनि लेखि दिनुहोस् न कविजी
कति लेख्नु हुन्छ किन लेख्नु हुन्छ मृत्युको सन्देश ?
मलाई अलिकति जीवन लेखि दिनुहोस् न कविजी
तपाईं पनि आज भोलि कविता लेख्नुहुन्छ अरे !
बत्तिसपुतली, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
यस्तो पो उपद्रो !

यस्तो पो उपद्रो !

चट्याङ मास्टर
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
एड्भान्स झ्यालखान

एड्भान्स झ्यालखान

चट्याङ मास्टर
भ्रष्टेश्वर शरणम्

भ्रष्टेश्वर शरणम्

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
अल्छी जाडाे

अल्छी जाडाे

खगेन्द्र नेउपाने
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर