सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भए कोटि राजा !!

Nepal Telecom ad

लुटेराहरूकै, भयो देश साजा
उनैको छ भोजन,उनैको छ खाजा !!

दुखे देशवासी, खपी भोक प्यास
कहाँ मान्नु उत्सव, कहाँ देख्नु लाजा !!

सधैँ बिक्छ बासी, सधैँ भो अभाव
तिर्यो मोल चर्को, अझै छैन ताजा !!

फुटे आज नेता, यहाँ दुष्टताले
कतै चोट पर्दा, कतै बज्छ बाजा !!

बढेछन् दुशासन, तथा धुन्धुकारी
कुटे बाबु आमा, भने अन्त जा जा !!

प्रजातन्त्र आयो, गयो राजतन्त्र
हट्यो एक राजा, भए कोटि राजा !!
पुरानो नैकाप, काठमाडौँ
हाल– न्युयोर्क, अमेरिका

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई
भ्रष्टाचार हुन्छ

भ्रष्टाचार हुन्छ

कान्छा तिवारी
मर्नु छ

मर्नु छ

एम्.पी. कियरलेस