सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हास्यव्यङ्ग्यको नम्बरी सुन गोतामे

Nepal Telecom ad

वि.सं. २०४९ सालमा हास्यव्यङ्ग्यमा एउटा पत्रिका जन्मियो– झ्याईंकुटी । पत्रिका प्रकाशन गर्ने क्रममा यससग सम्वद्ध कसैसँग चिनजान र सम्पर्क थिएन । झ्याईंकटीको पहिलो अंक जसोतसो गरी निकालियो र बजारमा छरियो । यसै सिलसिलामा झ्याईंकुटीको दोस्रो अङ्क गाईजात्रा विशेषाङ्क थियो । त्यही बेला हासनेले गाईजात्रा पत्रिका विशेषाङ्कलाई पुरस्कृत गर्न घोषणा अनुसार झ्यार्इंकुटीले तृतीय स्थान उछिट्याउन सफल भयो । क्रमश छैठौं अङ्कसम्म पुग्ने बेलामा फेरि हास्यव्यङ्ग्यमा राम्रो काम गरे वापत भैरब पुरस्कार गुठीलो झ्याईंकुटी पत्रिका भैरब नवप्रतिभा पुरस्कारबाट सम्मानित हुने मौका पायो । सो गुठीले प्रत्येक वर्ष भैरब प्रतिभा र भैरब नवप्रतिभा पुरस्कार एकै चोटी दिने गरेको छ । सो अनुसार वि.सं. २०४९ मङ्सिर ८ गते शुक्रबारका दिन सो पुरस्कार वितरण गर्ने घोषणा गरिएको थियो ।

निम्तोपत्रमा लेखिए बमोजिमको कार्यक्रम थियो ने.रा. बैंको थापाथली स्थित वैंकर्स क्लबको भवनमा । त्यस दिन उद्घोषकले कार्यक्रम शुरु भएको जानकारी दिंदै सभापति रमेश विकल, प्रमुख अतिथि राष्ट्रकवि माधव घिमिरे, वक्ताहरू र पुरस्कृत व्यक्तित्व श्याम गोतामे र झ्याईकुटी पत्रिकाका प्रतिनिधिको रूपमा सम्पादक माणिकरत्न शाक्य सभाका अग्रपङ्क्तिमा थियौं । रोलक्रम अनुसार बस्ने क्रममा श्याम गोतामे र म सँगै प¥यौँ ।

सभापतिबाट कार्यक्रम शुरु गर्न अनुमति दिएपछि उद्घोषकले वक्ताहरूलाई बोलाउने क्रम जारी थियो । श्याम गोतामे हास्यव्यङ्ग्यका गुरु र वैंक स्टाफ, (त्यो बेला रा.वा. वैंक टेकु शाखामा कार्यरत) भएको नाताले पत्रिकालाई रचना दिएर सहयोग गरिदिनु प¥यो भनेर कानेखुसी गरेँ । उहाँले ‘भैहाल्छ नि’ भन्नु भएपछि मेरो परिचय मागियो मैले छोटकरीमा सबै बताएँ । पुन उहाँले भन्नुभयो ‘हामी त एउटा थलोमा पकाएको भात खाने पो परेछौं ।’ त्यही बेलामा उहाँको बोल्ने पालो आयो र बोल्नु भयो उहाँले दायाबायाँ कतै नहेरी नेपाली साहित्यमा बढ्दै गएको विसङ्गतिमाथि व्यङ्ग्य कस्दै खरो स्वभावमा आफ्नो विचार पोख्नुभयो । सो कार्यक्रममा बोल्नु भएको कुराको टिपोट जनमञ्च पत्रिकामा प्रकाशित छ । त्यो बेला उक्त पत्रिकामा ‘सोझो घुमाउरो’ स्तम्भमा लेख्नु हुन्थ्यो श्याम गोतामे । मलाई लाग्यो– हास्यव्यङ्ग्यमा लाग्ने मान्छे त यस्तो पो हुनुपर्छ । उहाँसँग पहिलो पल्ट प्रत्यक्ष भेटघाट सहित परिचय पाउन म सफल भएँ । तर रचना भने कहिल्यै पाइन उहाँबाट ।

श्याम गोतामेले नेपाली साहित्यकारको परिचय कोश (तयारी क्रममा) हस्तलिखित कागजपत्र, चक्कामा भरिएको धेरै साहित्यकारका स्वर लगायत सम्पूर्ण सामग्रीहरू मलेखुमा अचानक आएको बाढीले सबै कुरा बगायो । त्यस बेला उहाँको होटल मलेखुमा थियो । उहाँ भने पौडी खेल्न जान्ने भएकाले मात्र बच्नु भएको थियो । मलेखुबाट लगत्तै उहाँ काठमाडौँ आउनु भयो । त्यो बेला नाटककार अशेष मल्लले गोतामेसँग भेट्नु भएको रहेछ सो कुरा उहाँसँग भेटघाट हुँदा सुनेको हुँ । हासनेद्वारा आयोजना गरिएको प्रत्येक कार्यक्रममा उहाँ कि त अघिल्लो मेचमा बस्नुहुन्थ्यो, कि त पुछारमा । उहाँले जिन्दगीभर हास्यव्यङ्ग्य निबन्धमै मात्र समर्पित भएर लेख्नु भयो । अन्तिम अवस्थासम्म उहाँका फुटकर रचना सहित जदौ,, मपाई, श्याम गोतामेका प्रतिनिधि हास्यव्यङ्ग्य कृतिको रूपमा पाठक समक्ष राखिसक्नु भएको छ । आफ्ना निबन्ध मार्फत ।

गोतामेको एउटा बानी यस्तो छ कुनै एक कवि मञ्चमा पुगेर म हास्यव्यङ्ग्य कवि त होइन तैपनि एउटा रचना तपाईंहरूलाई सुनाउँछु भन्यो भने दर्शक दीर्घाबाट श्याम गोतामे कुलिंनु हुन्थ्यो ‘तेरिमा झ्याक्ने ! हास्यव्यङ्ग्य कविता लेख्न आउँदैन भने मञ्चमा किन गइस् त ?’ अन्य दर्शकहरू गललल हाँस्छन् । कवि खत्तम खलास । एकचोटी हासनेले दुईदिने कविता महोत्सव टिकटमा कविता वाचनको कार्यक्रम रसियन कल्चर सेन्टर कमलपोखरीमा गरेको थियो । हासनेका पदाधिकारी सहित हामी हास्यव्यङ्ग्यमा समर्पितहरू मिलेर यो कार्यक्रम आयोजना गरियो । टिकट बनाउने जिम्मा अर्जनु पराजुलीको थाप्लोमा प¥यो । सम्पूर्ण कार्य तयारी भएपछि सबैले टिकटको प्याड बोके । मैले ५ प्याड विक्री गरेँ । टिकट बेच्नका लागि दौडधूप गर्दा ज्वरोले लडायो पनि । साथीभाइहरूको बीचमा हासनेका महासचिवले प्रेसमा गई अर्काे रङ्गको टिकट छापी बेचेको कुरा गाइँगुइँ चल्न थाल्यो । सो कारा श्याम दाइको कानमा पनि परेछ । श्याम दाइ कार्यक्रमको पहिलो दिन ढोकामा टिकट जाँच्नेमा बस्नु भएछ । विना टिकटको मान्छे हलभित्र छिर्न नपाएपछि त्यहाँ उपस्थितहरू एक अर्का बीच मुखमुख गर्न थाले । श्याम दाइको त्यो कामले बेइमानी हच्केर वा कुनै कारणले हो भिन्न खाले टिकट भने भेटिएन । पहिलो दिनको कार्यक्रममा आफू ज्वरोले थलिएर घरमै बस्नु परे पनि मन भने कार्यक्रम स्थलतिरै थियो । दौस्रो दिनको कार्यक्रमको लागि टेम्पो चढेर म त्यहाँ पुगे । म त्यहाँ पुगेपछि श्याम दाइले ढोकामा टिकट हेर्न जिम्मा दिनुभयो र साथमा श्यामदाइ पनि । जुन अड्कल काटिएको टिकट भेटेको भए के गर्नुहुन्थ्यो त्यसको उत्तर उहाँसँग मात्र थियो । त्यस्तो दुर्घटना हुन भने पाएन । कार्यक्रम सम्बन्धी चर्चा परिचर्चा हुँदा काममा सघाउने र कविता पाठ गर्न मञ्चमा नजाने मध्येबाट म र श्यामदाइ मात्र प¥यौं । श्याम दाइबाट मेरो कामको बढी मूल्याङ्कन भएको कुरा साथी भाइहरूको मुखबाट सुनेँ । सो कार्यक्रमबाट रु. ३००। मेरो भागमा परेको सुनेँ तर हातमा परेन । एकदिन अप्ठ्यारोमा परेको बेला रु १५० पाएँ तर बाँकी कुन दिन पाउने हो थाहै छैन ।

मैले वि.सं. २०५० सालमा हास्य कलाकार तथा लेखक गोपालराज मैनालीका बारेमा उहाद्वारा लिखित रचनाहरूको २।५ वर्ष खोज गरेको थिए । सो सामग्री विभिन्न पत्रपत्रिकाबाट उतार्दै कम्प्इुटर गरियो । आफूलाई शुद्धाशुद्धीको त्यति राम्रो ज्ञान थिएन, यस काममा निकै चर्चित हुनुहुन्थ्यो श्याम गोतामे । उहाँलाई अनुरोध गरे, प्रति पेजको रु १० लिने शर्तमा डमी बुझाए । एक हप्तापछि उहााले मलाई फmोन गर्दै सामग्री तयार भयो रु. १०००। बोककेर आउनु भन्नपे आदेश मुताविक २।३ दिनपछि भेट्छु भन्ने सल्लाह गरे । सल्लाह बमोजिम नगद टक्रयाए सामग्र ल्याए । बाटो परेको बेला या कामले गर्दा उहाँ शुद्धाशुद्धीमै तल्लीन हुनुहुन्थ्यो । चिया खाने हो भनेर सोध्नु हुन्थ्यो स्वीकृति दिएपछि चिया आउँछ उहाँ र मलाई । उहाँले जहिल्यै पनि चियामा १ गोली औषधी राख्नुहुन्थ्यो अनि मात्र पिउनु हुनथ्यो । उहाँले हेर्नु भएको शुद्धाशुद्धीमा पटकै पिच्छे दोष लगाएर पठाउनु हुने व्यक्तित्व हुनुहुन्थ्यो । कृष्णप्रसाद पराजुली । कुरा के परेछ भने पराजुली माड्सापको बुढ्यौली पाराको हेराइ हुन्थ्यो भने श्याम दाइको नयाँ । यी दुई व्यक्तित्वहरूको चेपुवामा परेर धेरै नै हैरानी खेपेको छु मैले ।

वि.सं. २०५३ सालको बासुदेवल विद्यादेव लुइँटेल पुरस्कार गुठीले आयोजना गरिएको पुरस्कार समारोहको दिन थिो भदौ २३ गते । निर्धारित कार्यक्रम शुरु हुनु भन्दा १ द्दण्टा पहिले श्याम दाइ र म राष्ट्रिय सभा गृहमा पुगेका थियौं । त्यही बेलामा हास्यव्यङ्ग्यकार बासुदेव लुइँटेलकी नातिनी मीनि शर्मा (वर्ष ५को) राष्ट्रिय सभा गृहभित्र रहेको पोखरीमा अचानक खसेपछि अन्य बच्चाहरू चिच्याउन लागे । यसो हेरेका त पौडी खेल्न लाग्या होला भन्ठानेको त बच्चा पोखरीमा तल जाने र माथि आउने हुँदै पानी खान थालेपछ भने श्यामलाई झ्वाम्लाङ्ग पापेखरीमा हाम फाल्नु भयो र बच्चा तान्दै ल्याउनु भयो । हामीद्वय सोही पोखरीको छोउमा बसेर विविध कुरा गहिरिएका थियौं । पोखरी नकिै गहिरो भएको र यसरी बच्चा बचाउन सकिएकोमा उहा भने निकै खुशी हुनुभयो । बच्चाका आफन्तहरू आत्तिन थगाले । श्यामदाइले बच्चाले पानी खाएको छ उत्ताना पारेर पछाडीबाट हिर्काउनु उहाँले भने जस्तो गरेपछि बच्चाले पानी आकल्यो केही मात्रामा जयराम शर्मालाई सो घटनाको याथस्थिति बताएपछि उहाँको कार्यालयको मोटर त्यहाँ ल्याइएको रहेछ । श्यामदाइ र म मोटरमा बसेर श्यामदाइको घर न्यूरोड पुग्यो । उहााले बोक्ने गरेको व्याग घर पुग्ने वित्तिकै फाल्नु भयो । श्रीमतिलाई लुगा ल्याउन अअहराउनुभयो । लुगा लगाइसकेर व्यागको खोजी गरियो तर फेला पार्न सकिएन । त्यपछि पुनः मोटरबाट उही ठाउँमा आयौं । हामी त्यहाा आउँदा कार्यक्रम शुरु भैसकेको थियो । ब्यागभित्र महत्वपूर्ण कागजपत्र, औषधी सहित रु ५००। मैले हराए भन्नु भयो मात्र । त्यसको केही दिनपछि उक्त व्यागको बारेम ाफोन गरेर सोध्दा घरमै कुनामा भेटिएको जानकारी दिनुभयो ।

वि.सं. २०५३।१२।१३ गतेका दिन हासनेको कार्यक्रम थियो । उक्त दिनमा मैले हास्यव्यङ्ग्यकार नालीबेलीको फर्म दिएपछि दुइ तिन दिनमा सम्पर्क राख्न भन्नुभयो । १ महिनापछि सम्पर्क राख्दा तयार पारेर राखी दिनु भएको थियो । उहाँबाट त्यही फर्ममा लिखित हस्तलिखित नै पहिलो र अन्तिम थियो ।
वि.सं. २०५५ बैशाख १९ गतेका दिन विहान एउटा फाने आयो, जसमा स्वर थिगो धर्मराज बरालको । खवर नराम्रो छ श्याम दाइ वित्नु भयो । हस्पिटलबाट पशुपति पु¥याइसकेको छ भन्ने खबर पाएर फोन राखे । म सो खवर सुन्ने वित्तिकै पशुपति पुग्दा उहाँको श्रीमति, अन्य दुइचार जना मात्र थिए मैले नचिनेको मान्छे । त्यहाँ एकछिन अलमलिदै गर्दा उमेश गुइठे –पशुपतिमा घर भएको हास्यव्यङ्ग्यकार) को याद आये । त्यपछि त्यहाँबाट गुइठेको घर पुगे, आउनुको कारण श्याम दाइ वित्नुभो । फोटो खिच्न क्यामेरा छ भनेर सोध्दा छैन भन्ने जवाफ पाएपछि यस कामका लाग सहोग मागे । उसले व्यापारिक तरीकाले फोटो खिचेर हिंड्ने मित्रहरूकह पुगदा कोही विरामी भएर थला परेको, कोही बाहिर गएको कारणले भेट हुन सकेन । त्यसपछि हामीद्वय निराश भएर पनु पहिलेको ठाउँमा फर्कियौं । त्यहाँ एकपछि अर्काै गर्दै भेला हुने क्रम बढ्दै गयो । भेलामा सामेल भएका मध्येबाट श्यामदाइ सम्बन्धि संस्मरणहरू बाढीको भेल भएर निस्कन थाल्योृ । सामग्री तयार भएपछि श्श्याम दाइको शरिर माथी पशुपतीमा रहेका गोतामे परिवारले पूजाआजा गरि भगवानको नाम दिंदै आफ्नो परमपरा अनुसारको विधि पुरयाइसकेपछि सबे मिलेर मृत शरिरलाई चितामा राखियो । चितामा राखेर विधि विधानको काम सकेपछि उहाँको जेठा छोराबाट ठकि ९ बजे दाग बत्ती दिइयो ।

श्याम दाइ वितेको कुरा एक कान दोकान मैदान हुँदै फैलियो । त्यसपछि अन्तिम श्रद्धाञ्जलीका लागि ठूलो समूहमा साहित्यकार लगायत गन्यमानन्य व्यक्तिहरूको भीड लागेको थियो । त्यही समूमध्येबाट साहित्यकार सुवसेन श्याम दाइको समवेदनान समाचार पत्रपत्रिकामा दिन फोटो खोजियो, कसैसँग पनि रहेनछ । मसँग हास्यव्यङ्ग्यकार नालीबेलीको लागि लिइएको २ प्रति पासपोट साइजको फोटा र उहाँद्वारा लिखित फर्म छ हुन्छ कि हुँदैन भनेर सोधें । हुन्छ भन्ने जवाफ पाएपछि सुवसेन, पीताम्बर ध्वज खाती, वकिल मित्र र म सहित चारजना चावहिल कुटुवहालमा आयांै । मसँग रहेके ाफोटो र फर्म फोटपोकपी गरेर उहाँहरूलाई जिम्म लगाएपछि अतिथिलाई चिया खुवाएर सत्कार गरे ।

सोही दिन १२ बजे भुँडीपुराण कार्यालय बागबजारमा सिस्नुपानी नेपालको विधिवत् रूपमा संस्था गठन गरियो । सोही अवसर पारी श्याम दाइ वित्नु भएको खवर सहित १ मिनेट मौनधारण गर्नका लागि मैले प्रसताव राखें । प्रस्तावको स्वीकृतिपछि १ मिनेट मौनधारण गरियो ।
वि.सं. २०५५।१।२५ गतेका दिन साप्ताहिक विमर्शमा श्याम दाइको बारेको संस्मरण प्रकाशित थियो । त्यही संस्मरणमा साच्चिकै श्याम दाइको श्रद्धाञ्जली गर्ने हो भने उहाँद्वारा लिखित हास्यव्यङ्ग्यका कृति पढ्नु भयो भने मात्र साँचो श्रद्धाञ्जली हुनेछ । उहाँको कृति प्रत्येक व्यक्तिको हातमा पारिदिने पत्रिकामा जुन कसम खाएको थिए, प्रत्येक व्यक्तिलाई गुहारेर आफ्नोे कार्य पूरा गरे ।
शयाम दाइ वित्नु भएको १५ दिन पछि हासनेले कृषि विकास वैंकको सभाकक्षमा शोकसभा आयोजना गरियो । त्यही क्रममा श्यामदाइको छोराले आफ्ना बुवाको संस्मरणहरू हस्यौली पारामा सुनाउनु भयो । उहाँ घरका सदस्यहरू कसैलाई बाँकी राख्नु हुन्नथ्यो जसरी व्यङ्ग्य लेख्दा एक महिना पछि श्रीमतीसँग भेट्दा खेरीको संस्मरण । श्याम दाइका अचानक निधनले श्रीमतिको मन मतिष्कमा भने नराम्रोसँग प्रभाव पारेको थियो ।

एकजना हास्यव्यङ्ग्यका हस्ती, खरो स्वभाव, छुच्चो बोलीका धनी श्याम गोतामेको निधनले हास्यव्यङ्ग्यमा पर्न गएको एउटा अपुरणीय क्षति थियो । जरी नम्बरी सुनलाई कसीमा राखेर जति घोटेपनि त्यो नम्बरी नै हुन्छ तयसरी नै हास्यव्यङ्ग्य लेखनमा एउटा नम्बरी सुन नै थिए – श्याम गोतामे । एउटा चमक, सुन्दरता भन्ने वस्तु आफैमा अर्थात् जन्मजात लिएर आएको गुण हो त्यो कसैले मेट्न खोजेर मेटिदैन । सत्य कहिल्यै डग्दैन भने झैं उहाँले कहिल्यै कसैको सामु झुक्नु भएन । राष्ट्र र राष्ट्रियताका लागी जीवनभर संघर्षशील व्यक्तित्वको नाउँ हो– श्याम गोतामे । म उहाँको निधनले एउटा सच्चा दाइ, एउटा हितैषी स्टाफ गुमाउनु पर्दा जसरी भित्रैदेखि एकदमै अप्ठ्यारो पैदा भएको छ, के के भए जस्तो के के हराए जस्तो भएको छ । त्यसैले जे जस्तो भएतापनि मान्छेको जुनी न हो सबले एकदिन छोड्नैपर्छ यो धर्ती । मन लागेर होस् या नलागेर ! समय वलमान हुन्छ, समलाई जित्न कोही सक्दैन । त्यसैले श्याम दाइसँग विछोडिनु पर्दाको पीडा, दुःख, असजिलो पनलाई पनि कठोरता भित्र लगेर बलजफ्ती बोल्नु परेको छ – श्रद्धाञ्जली ।
चावहिल

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जेष्ठ नागरिक गीत

जेष्ठ नागरिक गीत

माणिकरत्न शाक्य
चिमोटेर…

चिमोटेर…

माणिकरत्न शाक्य
इस् कुटर

इस् कुटर

माणिकरत्न शाक्य
दुई फित्का

दुई फित्का

माणिकरत्न शाक्य
दुई खित्का

दुई खित्का

माणिकरत्न शाक्य