गाला पाटी परेका
चिउँडो ख्वात्त झरेका
घरी भन्छ्यौ नाक पनि चुच्चो
हैन तिमी त कति छुच्चो
तिमीलाई के थाह
यो बिग्रेको खोपडीको कति माग छ
नपत्याए हेर त टि.भी. सिरियल
यस्तैको कति भाग छ ।

राम्रो खोपडीलाई त
सबैले फसाउँछन्
मन चोरेर
धोका दिँदै
थलै बसाउँछन्
भन्छ्यौ थ्याच्च नाक छ
तालुमा उठेको भाग छ
तर तिमीलाई के थाह
यो बिग्रेको खोपडीको कस्तो माग छ
नपत्याए हेर त टि.भी. सिरियल
यस्तैको कति भाग छ ।

तिम्रो नाक पनि बिग्रेकै छ
अब यसलाई धेरै नसिगार
गला आँखा राम्रै छ
अब यसलाई पनि बिगार
हाम्रो जोडी पनि मिल्ला
कसैले नउडाउला मेरो बिल्ला
बाङ्गेको नाक भनी नखोट्याउ
पसाङ्गेको चिउँडो भनी नकोट्याउ
तर तिमीलाई के थाह
यो बिग्रेको खोपडीको
कहाँ कस्तो धाक छ
नपत्याए हेर त टि.भी. सिरियल
यस्तैको कति भाग छ ।

कहिले मरन च्वासे भन्छ्यौ
कहिले घोप्टे ध्वाँसे भन्छ्यौ
कहिले धकम ढ्वाके भन्छ्यौ
तिमीलाई के थाह
बिग्रेको खोपडीको अचेल
कस्तो कस्तो माग छ
हेरन टि.भी
राम्रा खोपडीको सिरियल बन्द हुन्छ
म जस्तै कति भाग छ ।
दाङ, हाल काठमाडौं