सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जोबन गयो बैँस त…

Nepal Telecom ad

म नेता जिती भोट, बस्दैछु माथि,
म आनन्दले रम्छु नोटै समाति ।
यता भोटदाता कुनै सम्झिएन,
गयो जोबनै बैंस जाँदै गएन ।।

कमी हुन्न याहाँ न ता हुन्छ खाँचो,
सधैं झूटलाई बनाएर साँचो ।
गरें चर्तिकाला अझै धित् मरेन,
गयो जोबनै बैंस जाँदैगएन ।।

सधैं लोभ लाग्नेछ बानी बसेको,
अहोरात्र देख्दैछु मान्छे खसेको ।
तथापि स्वयं मर्छु भन्ने भएन,
गयो जोबनै बैंस जाँदैगएन ।।

म साँढे यता वा उता चर्न सक्ने,
सबै नै मरून् जे गरून् भोग गर्ने ।
त्यही रोग लागेछ जाती भएन,
गयो जोबनै बैंस जाँदैगएन ।।

म मन्त्री बनी हक् जमाएर बस्छु,
किशोरी त्यहाँ एक भर्ती म गर्छु ।
असत्ती छ यो मन् कसै थामिदैन,
गयो जोबनै बैंस जाँदैगएन ।।

म भेटेजति ख्वाप्प निल्दिन्छु आज,
बसी मेचमा ठस्ठसी राजकाज
गरें जोसमा होस केही रहेन,
गयो जोबनै बैंस जाँदैगएन ।।

म ता भोटमा ओठले गर्छु काम,
नजित्ने भए नोटले गर्छु काम ।
म झैं धूर्त नेता कतै भेटिएन,
गयो जोबनै बैंस जाँदैगएन ।।

म खाऊँ म लाऊँ गरूँ मोजमस्ती,
लजाई बसून् काखमा म्यामजस्ती ।
यही धङ्धङी आजसम्मै गएन,
गयो जोबनै बैंस जाँदैगएन ।।

म पाउन्नथें खान केरा कदाचित्,
पर्यो स्वर्ण मौका र खाएँ भकाभक् ।
कति भ्याइयो होस केही भएन,
गयो जोबनै बैंस जाँदैगएन ।।

पखाला चल्यो टुर्र झन् टुर्र फेरि,
पस्यो अख्तियारी त्यहीं दाउ हेरी ।
परें खोरमा चोरझैं, क्यै चलेन,
गयो जोबनै बैंस जाँदैगएन ।।

कठै देश थारो छ लागेन बाली,
बहर् गड्गडीमा छ खाएर छाली ।
बुढो गोरु ढुक्दैछ, बन्दैन काम,
गयो जोबनै बैंस जाँदैगएन ।।

गयो हेर्न मेला त्यहाँ इस्क गर्छन्,
स्वयं कोरली नै बहरसाथ चर्छन् ।
कठै बृद्धको चित्त चोखो रहेन,
गयो जोबनै बैंस जाँदैगएन ।।

कसैले हजुर्बा भने चित्त दुख्छ,
बिना काम बाजे भने रीस उठ्छ ।
धरोधर्म बुढो छु भन्ने भएन,
गयो जोबनै बैंस जाँदैगएन ।।

कसैले भने भाइ उफ्रेर नाच्छु,
मुसुक्कै गरी मन्द मुस्कान हाँस्छु ।
सबै केश पाकेछ थाहै भएन,
गयो जोबनै बैंस जाँदैगएन ।।

जबानी छँदा ऐसमा पात्तिएको,
घमण्डीपनाले थिएँ मात्तिएको ।
झरे दाँत बत्तीस तृष्णा झरेन,
गयो जोबनै बैंस जाँदैगएन ।।

म सानो छँदा बा सधैँ भन्नुहुन्थ्यो,
मजस्तो हुँदा चेत फर्किन्छ यस्को ।
हजुर्बा भएँ चेत किञ्चित् फिरेन,
गयो जोबनै बैंस जाँदैगएन ।।

सहारा छ लाठी सधैँ एक साथी,
चिठीपत्रद्वारा नि डाक्दैछ माथि ।
अझै के गरूँ यौनलिप्सा गएन,
गयो जोबनै बैंस जाँदैगएन ।।
सुरूङ्गा, झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
मुलाको मुरली : एकसरो हेराइ

मुलाको मुरली : एकसरो...

काेमलप्रसाद पोखरेल
‘अनपाम’ जोडी र उसको क्रान्तिकारी कदम

‘अनपाम’ जोडी र उसको...

काेमलप्रसाद पोखरेल
दुःख छ अर्थात् खाँचो छ

दुःख छ अर्थात् खाँचो...

काेमलप्रसाद पोखरेल
अत्याधुनिक अधिवेशन र दैनिकी

अत्याधुनिक अधिवेशन र दैनिकी

काेमलप्रसाद पोखरेल
जनता र तेल, नेताको खेल

जनता र तेल, नेताको...

काेमलप्रसाद पोखरेल
राष्ट्रिय विकास रमिता !

राष्ट्रिय विकास रमिता !

गायत्री परिरोशनी
के गर्न बाँकी छ ?

के गर्न बाँकी छ...

प्रेम ओली ढकलपुरे
सबै उस्तै उस्तै

सबै उस्तै उस्तै

विजयध्वज थापा
घोचक गीत

घोचक गीत

अमर अधिकारी
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल