सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

गजल सम्मान घोषणा

Nepal Telecom ad

गजल सन्ध्या, पोखराले ‘गजल प्रतिभा सम्मान– २०७२’ वरिष्ठ गजलकार ललिजन रावललाई र ‘गजल प्रतिभा पुरस्कार– २०७२’ युवा गजलकार जनार्दन दाहाललाई प्रदान गर्ने निर्णय गरेको छ ।

नेपाली गजलको पुनर्जागरण कालदेखि नै नेपाली गजल विधामा महत्वपूर्ण भूमिंका निर्वाह गर्नुभएका गजलकार ललिजन रावललाई उहाँको योगदानको कदर स्वरुप ‘गजल प्रतिभा सम्मान– २०७२’ द्वारा सम्मान गरिने भएको हो । गजलकार रावलका ‘केहि गीत केहि गजल’ ‘विरानो यो ठाउँमा’, ‘सिरानीमा आँसु’, ‘एउटा बन्द खाम’ लगायत गजलसङ्ग्रह तथा ‘यस पटक पनि’ कवितासङ्ग्रह प्रकाशित छन् ।

झापामा जन्मेर विगत डेढ दशकदेखि तनहुँमा रही नेपाली गजलको विकास र लेखनमा उल्लेखनीय योगदान पुर्याए वापत युवा गजलकार जनार्दन दाहाललाई ‘गजल प्रतिभा पुरस्कार– २०७२’ द्वारा पुरस्कृत गरिने भएको हो । गजलकार दाहालका ‘उद्वेलित मनहरू’ गजल सङ्ग्रह ,‘मधुरिमा’ गजल सङ्ग्रह र ‘कविको मृत्यु’ कविता सङ्ग्रह प्रकाशित छन् ।

गजलकार दीपक समीपको संयोजकत्वमा ईश्वरमणि अधिकारी, रुपिन्द्र प्रभावी, मन क्षेत्री र उदिपराज ढुङ्गाना सदस्य तथा अध्यक्ष बिर्सना बस्नेत र सचिव आनन्द भट्टराई पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसलाई अनुमोदन गर्दै गजल सन्ध्या पोखराले दाहाल र रावललाई सम्मान गर्ने निर्णय गरेको हो ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad