एक जना युवकले जागिरको लागि बैंकमा निबेदन दिएको रहेछ । खोज तलास गर्ने क्रममा उसको अनुभबको प्रमाणपत्र नक्कली भेटिएपछि.....
बैंक म्यानेजर : (रिसाउँदै) तपाई कस्तो मान्छे नक्कली प्रमाणपत्र पेस गरेर हामीलाई ठग्न खोज्ने ?तपाईंलाई लाज लाग्दैन ?
युबक : म यो समेत २२ ठाउँबाट रिजेक्ट भैसकेँ सर । जहाँ पनि, तपाईंसँग सम्बन्धित कामको अनुभब रहेनछ, सरी भनेर पठाई दिन्छ अनि के गर्नु त ? सर, हजुरलाई एउटा कुरा सोधुँ सर ?
बैक म्यानेजर : अँ, भन ।

युवक : तपार्इं सुरुमा म्यानेजर हुँदा तपाईले पहिला म्यानेजर भएर काम गरेको अनुभवको सक्कली प्रमाणपत्र नै पेस गर्नु भएको हो त सर ?
युवकको यो प्रश्न सुनेर बैंक म्यानेजर भने ट्वाँ.... ।
सक्ला– १, जाजरकोट