१.
बोतल रित्तिए जस्तै गिलास रित्तिए जस्तै
जिन्दगी पनि आजकल लाग्छ सिद्धिए जस्तै
मनमुटुमा बारम्बार अतिक्रमण भई रहेछ
आखै अगाड़ी देशको सिमाना मिचिए जस्तै !

२.
रूप रंग हुदाखेरी अघि पछि धेरै थिए
बलबर्कत् छदाखेरी सबै जना मेरै थिए
उड्यो रंग जवानिको दम् छैन पाखुरिमा
नचिने झै गर्नेहरू मेरो छेउ नेरै थिए !!

३.
तिम्रो र मेरो कथा उस्तै उस्तै लाग्छ
हामी दुबैको ब्यथा उस्तै उस्तै लाग्छ
एउटा बाटो भेटेको छु यो मन बुझाउन
हाम्रा नेता र गधा उस्तै उस्तै लाग्छ !

काठमाडौं