सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जुँगाको रामकहानी

Nepal Telecom ad

अलिकति जुँगा पलाउन पनि पाएको हुँदैन, पैलेपैले रहरमा, पछिपछि आफ्नै करकापमा जुँगाफँडानी चालु हुन्छ । जत्ति काम भए पनि सबभन्दा पैले यसैलाई ताछेर फाल्ने हतारो हुन्छ । यो क्रम प्रत्येक वर्ष तीब्र हुँदै जान्छ, जस्तो कि हरेक जन्मदिनले हामीलाई जुँगा उपहार लिएर आएको होओस् । आदर्शमा ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेर ठिक्क पार्छौं, तर व्यवहारमा भने जुँगालाई मुखको छेउछाउमा दुई तीन दिन पनि ढिम्किन दिंदैनौं । दिईहाले पनि चुच्चो, कुच्चो, मसिनो पारेर, काटेर, छाँटेर, रङ्ग्याएर,बङ्ग्याएर ! यस्तो लाग्छ– जुँगाले खाने मुख मात्र होइन, हेर्ने आँखा र सुन्ने कान समेत छेक्न आउला भनेर डराउँछौं ।
कुख्यातमा हिटलरदेखि बिरप्पनसम्म र विख्यात व्यक्तित्वमा भिआई लेनिन र किङ वीरेन्द्र हुँदै ख्यातको अग्निपरीक्षामा डटिरहनुभएका कम्रेड प्रचण्डज्यू सम्मका व्यक्तित्वका कहानीमा जुँगाको किस्सा आउँछ । धेरथोर इष्र्या त लाग्छ नै । मान्छेको जात न हो, तर आफ्नै ओरिजिनल जुँगा डिजाइन गरेर । त्यसलाई बजारमा स्थापित गराउने लेठो लियौं भने चैं हल्का जोखिम आइलाग्न सक्छ । हिजोकी नरम प्रियशी मिठाइकुमारी, आज छुच्चिन बेर लाग्दैन । (छ्या फोहोरी !) आपÞmन्तले ‘खत्तम भएर बिग्रेछ’ भन्छन् । हुन त यदि खत्तमै भैसकेको हो भने बिग्रे पो के बिग्रने हो र, सप्रे पो के सप्रने हो र ? तैपनि भन्छन् ।
बल्ल तल्ल एकदुई जना दयालुले ‘आयो जुँगामुठे !’ भनेर अलेलि भाऊ के दिन लाग्छन्, छरछिमेकीले डाहा गर्न थालिहाल्छन् । यसको इज्जत बढ्यो भनेर खुट्टा तान्छन् । पालेको छ जुँगा, तान्छन् खुट्टा ! सके डाइरेक्ट् जुँगै तान्नु नि, टण्टै खलाँस् ! खेदो खन्छन् । कुरो सोचेर ल्याउँदा झमेलाको ताँती देखिन आउँछ । तैपनि सम्भाव्य चुनौतीहरूलाई स्वीकार गर्दै हल्का जुँगा पालीहेर्ने ‘ऐतिहासिक’ निर्णय गरेको छु । जम्मा गर्नुपर्ने काम भनेको ‘जुँगा नखौरनु’ मात्र रहेछ । त्यसबाट नाफा हुन आउने समयमा त्यही जुँगा सहितको आफ्नो छिप्पेको फेसको फोटो खिचेर पÞmेसबुकको भित्तोमा सग्लै टाँस्नेछु । समर्थनको जनाउ दिन यस मन्तव्यको पुछारनेर एकथान ‘लाइक’ छोडीराख्नु होला ! धन्यवाद ।
चिलाउनेघारी सौरपानी, गोरखा
हाल : च्याङ्माई थाईल्यान्ड

Fitkauli Publication Books comming soon
Nepal Telecom ad