सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भिखारी

Nepal Telecom ad

शहरमा एउटा घर छ
त्यो घरमा एउटा कार छ
हिराको पनि हार छ
पारी पाखामा
घडेरी हुने टार छ
तर के गर्ने भोलेश्वोर
म त भिखारी नि रैछु
त्यसैले हजुरसँग अझै
मागेको मागैछु ।
मैले हजुरसँग मागे जस्तै
अर्को भिखारिले मसँग माग्छ
सुर चले दिन्छु
नभए खाली हात भाग्छ
सोच्छु हजुरलाई पनि
के त्यस्तै लाग्छ ?
हजुर मेरा मालिक
ऊ पनि मलाई मालिकै भन्छ
भन्नुस् त ख्वामित
एउटा भिखारी अर्को भिखारिको
कसरी मालिक बन्छ ?
छोरो परार विदेश गयो
छोरी यसपाली गई
बुढी पनि सुब्बा थिई
यो पाली हाकिम भई
तर प्रभु गर्नु पर्ने कुरो
अझै ताँती छ
लामो लिस्ट नै बनाउँछु
माग्नु पर्ने धेरै बाँकी छ
के गर्ने डोलेश्वर
म त भिखारी नै रैछु
त्यसैले त हजुरको पछि लागेको लाग्यै छु ।
त्यो भिखारी पनि
मेरो पिछा लागेको लागेको लागैछ
छैन भने पनि मसँग मागेको मागैछ
म लाख कमाउँदा
उ सय कमाउछ
एक रुपैया पायो भने पनि
म भन्दा धेरै रमाउँछ ।
ऊ कचौरामा थाप्छ
म बक्सामा थाप्छु
ऊ मस्त र आनन्दित देखिन्छ
तर म यो भएन त्यो भन्दै खाली फलाक्छु ।
मागेको माग्यैछु प्रभु
हजुरको पिछा लागेको लागैछु
लाग्छ अब त
त्यो भन्दा त ठुलो भिखारी म पो रैछु ।

दाङ, हाल : काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
के गर्न बाँकी छ ?

के गर्न बाँकी छ...

प्रेम ओली ढकलपुरे
हेल्लो नयाँ वर्ष

हेल्लो नयाँ वर्ष

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे