सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सबभन्दा फोहर गाली

Nepal Telecom ad

एउटा देश, एघार वर्षको केटो सार्वजनिक रुपले रुँदै थियो । बाबुचैंले देखे । पहिले त हप्काए, यत्रो लाठे भएर पनि यसरी सडकमा रुने हो ! के भन्छन् मान्छेले ! लाज लाग्दैन अलिकति पनि !

केटो त झन् कर्कला शब्द गरेर कराउन थाल्यो । काठमाडौंको धाराजस्तो कुनै कुनै बेला एकदुई थोपा आँसु पनि चुहाउँथ्यो । उसले रुँदै भन्यो, “लाज लागेर त रोएको नि ! तैँले के गरिस् र त्यस्तो लाजमर्दो ? बाबुले जिल्ल पर्दै भने ।

“मैले क्यै गरिन । मेरो साथीले मलाई लाजमर्दो गाली गरेर भाग्यो ।” बालक बबुरोले साथीको बखान ग¥यो । बखानको कार्यक्रम सकेर उसले पुनः रुने कार्यक्रम शुरु ग¥यो ।
“के त्यस्तो गाली ग¥यो र !” बाबु झर्के ।

“के भनुँ ! म त लाजले भुतुक्कै भएँ ।” रुनु र कराउनु बिचको शून्य समयमा केटोले जानकारी दियो ।
“भन् न भन् ! म त्यसको बंगारा संगारा झार्छु नि !” अब बाबुले फकाए ।
“असाध्यै फोहोर गाली ग¥यो… ! छ्या… !”
“हे भगवान ! काठमाडौं शहरभन्दा पनि फोहर गाली त गरेन होला नि !” बाबुले तर्क तेस्र्याए ।

“त्योभन्दा पनि फोहर गाली ग¥यो भन्दैछु । त्यस्तो फोहर गाली आजसम्म मलाई कसैले ग¥या थिएन ।” छोरो अझ पनि हिक्क हिक्क गर्दै थियो । बाबु पनि दुःखी भए, साँच्चै खपी नसक्नु फोहर गाली गरेछ भन्ठाने । अब उनको पनि मुख अँध्यारो भयो ।

बाबुको अँध्यारो मुख देखेर छोरोले सम्झाउन थाल्यो, बुवा दुःख मान्नु पर्दैन । मैले उसलाई झन् फोहोर गाली गरेँ । उसले मलाई तँ मोरो नेता भएस् भन्यो । मैले भनेँ ‘त’ नेपालको सांसद भएस् ! नेपालको मन्त्री भएस् !! भगवानले गरुन् तँ प्रधानमन्त्री भएस् ! तँलाई कसैले नपत्याओस् । यो भन्दा ठूलो गाली था’छैन ।

काठमाडाैं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
छाया हाकिम

छाया हाकिम

मुकुन्द आचार्य
घुमिफिरी रुम्जाटार

घुमिफिरी रुम्जाटार

मुकुन्द आचार्य
‘तँ अब बुढो भइस्’ पढेपछि

‘तँ अब बुढो भइस्’...

मुकुन्द आचार्य
सजिलो छैन नेता हुन

सजिलो छैन नेता हुन

मुकुन्द आचार्य