सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भानु किन चानुमानु ?

Nepal Telecom ad

बित्दा दोस्रो शताब्दीतक अझ जिवितै देख्छु तिम्रा विचारी ।
डिठ्ठाको चाल उस्तै भरसक ठगने छन् सबै कर्मचारी ।
भेँडा बाख्रा थुने झैँ सबजन थुनिने छन् उनै झ्यालखाना !
झन् बढ्ता लामखुट्टे र उडुस उपियाँ गाउँछन् नित्य गाना । १

तिम्रो कान्तीपुरीका चपल ति अबला वस्त्र छोटो लगाई
हिँड्छन् लज्जा नमानी परपुरुषसितै पश्चिमी र्याप गाई ।
मर्दाना वा जनाना बहुत सकसले सक्दछन् चिन्न कोही
लामा लट्टा बनाई पुरुष युवक नै स्त्री बने तुल्य होई । २

पेशा चल्दैन घाँसी बस ! अब मममा भैँसि हुन्छन् चलानी
गाईको मासु खाने चलन शुरु भयो ठुङ्दछन् जानिजानी ।
पैले पैले बनेका जति असल कुवा पुर्न थाले अचेल
त्यस्ताको चल्छ ख्याती जुन जन हुलमा गर्दछन् ठेलमेल । ३

खोज्दा सोती गजाधर् अब त कहिँ कतै मुस्किलै पर्छ भेट्न
पाटी पौवा कुवाको स्थल सहज लिए रेस्टुराँ प्यास मेट्न ।
तिम्रा पाला हुँदाहुन् बधुहरु सुशिला भैसके आज छाडा ।
स्वामी जान्छन् विदेशी श्रमतिर, घरकी ! अस्मिता बेच्न टाढा । ४

बिर्के टोपी लगाई नबस अब त्यहाँ स्वर्गमा काम छैन ।
तिम्रा तीखा झटारा पृथिवितल झरी लौ नहानी हुँदैन ।
कस्दै छड्के पटूका सुर गर घरमा फर्कने झट्ट भानु ।
देख्दा यस्ता अनेकौँ विकृति मुलुकमा, क्यान छौ चानुमानु ? ५

बम्घा, गुल्मी
२०७२ असार २९ गते

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
वरिष्ठ जुवाडे

वरिष्ठ जुवाडे

काशीनाथ मिश्रित
खेल्छन् होली

खेल्छन् होली

काशीनाथ मिश्रित
देश बन्ला खरानी !

देश बन्ला खरानी !

काशीनाथ मिश्रित
मात्र बेरियो गठबन्धन

मात्र बेरियो गठबन्धन

काशीनाथ मिश्रित
भिटामिन एम

भिटामिन एम

काशीनाथ मिश्रित
प्रजातन्त्र दिवस !

प्रजातन्त्र दिवस !

काशीनाथ मिश्रित
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल
यी हातहरू

यी हातहरू

टङ्कबहादुर आले
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला