चीर हरण विभागमा…
टि.भीबाट प्रसारित हुने महाभारत सिरियल हेरेर मेरी नातिनी मेघा निरौलाको मेधामा बालसुलभ जिज्ञासा जन्मेछ । उसले मलाई सोधी– ‘हजूर बुवा ! भगवान कृष्ण पनि किन हाम्रो नेपाली सरकार जस्तो कामै गर्न नजान्ने ?’
‘किन र ?’ मैले जिल्ल पर्दै सोधेँ ।
‘उनले चाहेको भए द्रौपदीको चीर हरण गर्ने दुःशासन र चीर हरणका लागि आज्ञा दिने दुर्योधन दुवैको टाउको सुदर्शन चक्रले उडाइ दिएको भए त भै हाल्थ्यो नि ! द्रौपदीको लुगा बढाइ रहनुभन्दा त त्यही सजिलो हुन्थ्यो । हैन र ?’
‘फेरि त्यो सभामा भ्याटको कुनै हाकिम भए कृष्णलाई अन्तःशुल्कको चोरीमा समात्ने थिएन ? त्यत्रो लुगा कुन कारखानाबाट उत्पादन ग¥यौ र अन्तःशुल्क ति¥यौ कि तिरेनौ भनेर कृष्णलाई ¥याख¥याख्ती पार्थे होलान् !’
प्रश्नमा तर्कको गुदी त निकै थियो, तैपनि महर्षि व्यासको इमेज (भावाकृति) बचाउन मैले मेघालाई सम्झाएँ– ‘हेर छोरी ! कृष्ण, दुर्योधन, दुःशासन यी सबै एउटै चीरहरण विभागमा सँगै काम गर्थे । कृष्णले पनि गोपिनीहरू नुहाउँदा उनीहरूको चीर हरण गरेका थिए । दुर्योधन र उनका भाइ दुःशासनले पनि द्रौपदीको चीर हरण गरे । अर्थात् मौका पाउनासाथ एउटा एउटा निहूँ गरी चीर हरण गर्नमा उनीहरूलाई आनन्द आउँथ्यो त्यसैले भनेको उनीहरू चीर हरण विभागमा सँगै काम गर्थे । सँगै काम गर्ने हुनाले तीनै जना साथी भए । अनि एउटा साथीले अर्कोलाई मार्न मिल्छ त ?’
‘त्यसबेला भ्याट सम्बन्धी व्यवस्था लागू भएकै थिएन । नत्र त कृष्णलाई सानैमा माखनचोरी केशमा मुद्दा चलाई फसाइ हाल्थ्यो नि !’
काठमाडौं