सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कलियुगको शिवरात्री

Nepal Telecom ad

कोही भन्छ जय दुर्गे कोही जय भोले
बसी अगेनो ठसमस गाँजा चुरोट पोले ।

लामो लामो जटामा लामै जुगा दाह्री
धुवाँको मुस्लो फाल्ने आँखा राता पारी ।

खैरे गोरे काले सबै देखिएका मस्त
बाबा पनि खल्ती भर्न भएका व्यस्त ।

परबाट सुरक्षा पनि लुकी हेरी’राको
बेला बेला सुटुक्क पैसो माग्न आको ।

लिने दिने चल्छ भने किन बन्देज लाको
कै नभाको यस्तो जात्रा हाँडीगाउँमा भाको ।

हुल्याह मुल्याह पकेटमारा शिवरात्रीमै पाको
दीन दुखीले भन्दा भतेर यस्तै यस्तैले खाको ।

कोही आ’को दोहरी गाउँदै कोही तरुणी ठेस्दै आको
हराउनेमा आफ्नो नाम आफै भन्न लाको ।

नाङ्गा बाबा हेर्नलाई
पुरुष भन्दा महिला धेरै उत्सुक पो भाको
हेर्नलाई सुटुक्क सुटुक्क भित्रसम्म गाको ।

धर्म कर्मभन्दा पनि रमाइलो गर्न आको
कलियुगको शिवरात्री कलियुगै भाको ।

दाङ, हाल : काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
हेल्लो नयाँ वर्ष

हेल्लो नयाँ वर्ष

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे
स्याल र चल्ला

स्याल र चल्ला

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे